लण्डन १० मार्च २०२४ ।

९ मार्च शनिवारका दिन माहिली फाउण्डेशन युकेको संयोजकत्वमा ११४ औं विश्व नारी दिवस जुम कार्यक्रम मार्फत मनाएका छन् । फाउण्डेशनका फाउण्डर अध्यक्ष शान्ति लिम्बुले पाउण्डेशनको उद्देश्य प्रष्ट्याएका थिए ।
११४ औं विश्व महिला दिवसको शुभकामना आदानप्रदान गर्दै शुरु भएको कार्यक्रममा डा.सुमाया राई ,भारतबाट डा. नाज सिंह, युएसएबाट इन्जिनियर सतिश त्रिपाठी, नेपालबाट सामाजिक अभियान्ता रीता परियार, इजरायलबाट विश्व साहित्य महासंघका महासचिव सुनिता राई, कन्दङवा, गायका भुमिका शाह, साहित्यकार पत्रकार नेपाली समाचार युकेका विश्वासदिप तिगेला, फोनिज युकेका निवर्तमान अध्यक्ष गोमा राना र एभरेष्ट टाइम्स युकेका प्रबन्ध निर्देशक नरेन्द्र नेम्वाङ लगायतले बोलेका थिए ।
सवै वक्ताहरुले दिवसको अवसरमा शुभकामना आदानप्रदान गर्दै महिलाहरुलाई शसक्तीकरण र उजागर गरानका लागि शिक्षा, स्वास्थ्य र आर्थिक क्षेत्रमा ध्यान दिनुपर्ने बताएका थिए ।
गायिका शाहले नारी दिवसकै सेरोफेरोमा रचिएको गित गाएकी थिइन् । सन २०१७ मा स्थापना भएको माहिली फाउण्डेशनले चितवन नेपालमा रहेका चेपाङ समुदायको विद्यार्थीहरुलाई आवश्यक सामाग्रीहरु खाता, पेन्सील, जुत्ता, पानी पिउने बोतल, स्कुल ब्याग वितरण गरेको थियो ।
त्यस्तै एकल महिलाहरुलाई कपडा सिलाउने मेसिन उपलब्ध गराई ६ महिनाको तालिम समेत दिइएको अध्यक्ष लिम्बुले बताए । नाम मार्गेज लिमिटेड युकेले स्पोन्सर गरेको कार्यक्रमको फेसबुक लाइभ समेत प्रशारण गरिएको थियो ।
कार्यक्रममा उपस्थित सवैलाइृ धन्यवाद दिँदै अध्यक्ष लिम्बुले कार्यक्रमको समापन गरेका थिए ।






