गोर्खाली समाज यूकेको अधिवेशन अप्रिल २८ मा हुने

SHARE:

लण्डन १० मार्च २०२४ ।

बेलायतस्थित एक सामाजिक तथा च्यारिटी संस्था गोर्खाली समाज यूके आफ्नो अधिवेशन तयारीमा जुटेको छ ।

समाजको नवौं अधिवेशन आगामी अप्रिल २८ तारिख आइतबार लन्डन साउथ ह्यारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा हुने तय भएको छ । अध्यक्ष अशोक ढकालको अध्यक्षतामा आइतबार सम्पन्न कार्यसमिति बैठकले अधिवेशनको मिति तथा ‘भेन्यू’ फाइनल गरेको हो ।

अधिवेशनले दुई वर्षे कार्यकालका लागि समाजलाई नेतृत्व गर्ने कार्यसमिति निर्वाचित गर्नेछ । समाजका वरिष्ठ उपाध्यक्ष हेम गुरुङका अनुसार बैठकले नयाँ कार्यसमिति चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय पनि गरेको छ।

निर्वाचन समिति संयोजकको जिम्मेवारी समाजका पूर्व अध्यक्ष भरत रोका क्षेत्रीलाई दिइएको छ भने जगत थापामगरलाई सदस्यसचिव र गणेश गुरुङलाई सदस्य नियुक्त गरिएको छ ।

बैठकमा अधिवेशन तयारीका विभिन्न पक्षहरुबारे पनि छलफल गरिएको थियो । कार्यसमितिका अधिकांश पदाधिकारी सहभागी बैठकमा पूर्व अध्यक्षद्धय कर्ण दर्लामी मगर र भरत रोका क्षेत्री, सल्लाहकार क्याप्टेन रणध्वज राना, एनआरएनए यूके पूर्व उपाध्यक्ष सकुन्तला लगायतको पनि उपस्थिति थियो ।

बैठक सञ्चालन सचिव हिमाला गुरुङले गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!