गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णय

SHARE:

काठमाडौं ११ मार्च २०२४ ।

सरकारले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । त्यस्तै बैठकले गण्डकीमा डिल्लीराज भट्ट , मधेशमा सुमित्रा भण्डारी र सुदूरपश्चिममा नजिर मियालाई प्रदेश प्रमुखमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको उनले बताइन् ।

उनले केन्द्र र प्रदेश सरकारलाई सहज ढंगले सञ्चालन गर्नका लागि उक्त निर्णय गरिएको जानकारी दिए । त्यस्तै बैठकले मन्त्रिपरिषद् अन्तर्गत बिभिन्न समिति गठन गरेको छ । जसअनुसार राजनीतिक समितिको नेतृत्व प्रधानमन्त्रीले गर्ने, आर्थिक पूर्वाधार समितिको नेतृत्व उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री, विधेयक समितिको नेतृत्व उपप्रधान एवं गृहमन्त्री, प्रशासन समितिमा उपप्रधान एवं परराष्ट्रमन्त्री र सामाजिक समितिमा उपप्रधान एवं स्वास्थ्यमन्त्रीले नेतृत्व गर्ने प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै प्रवक्ता शर्माले नयाँ सत्तागठबन्धनमा भएको सहमति अनुसार राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार बनाएको भन्दै यसमा असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!