नेपाली चलचित्र बद्री बहादुरको गीत पुलिस दाई सार्वजनिक

SHARE:

काठमाडौं ११ मार्च २०२४ ।

चलचित्र ‘बद्री बहादुर’को गीत ‘पुलिस दाइ’ सार्वजनिक भएको छ ।

निर्माण पक्षले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टंक बुढाथोकी र मिलन नेवारको स्वर रहेको गीत सार्वजनिक गरेको हो । सो गीतमा अथिति कलाकार नायक सलोन बस्नेत र नायिका पूजा शर्माको नृत्य छ । उनीहरूलाई जयकिशन बस्नेत, राजिवजंग बस्नेत, सोभित बस्नेत र छुल्ठिम गुरुङले साथ दिएका छन् ।

गीतमा टंक बुढाथोकी स्वयंले संगीत भरेका हुन् । साथै, शिव विकको कोरियोग्राफी रहेको यो गीत विनोद सापकोटाले खिचेका हुन् । सोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘बद्री बहादुर’ चैत २३ बाट प्रदर्शनमा आउँदै छ । कमेडी जनरामा बनेको यस फिल्ममा जयकिशन बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव बस्नेत र वर्षा चौलागाई मुख्य भूमिकामा रहेका छन् ।

फिल्ममा सलोन र पूजाको विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ । एबी पिक्चर्स फर्म र सलोन सलिना फिल्मस्को संयुक्त ब्यानरमा बनेको सो फिल्मको कार्यकारी निर्माता रवि अधिकारी र निर्माता मिथुन भोटे हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!