नेपालमा एक महिनामै विद्युतीय प्रणालीमार्फत ४५ खर्ब ४ अर्ब बढीको कारोबार

SHARE:

काठमाडौं ११ मार्च २०२४ ।

गएको माघ महिनामा विद्युतीय प्रणालीमार्फत ४५ खर्ब चार अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ ।

माघ महिनामा १० करोड ४८ लाख ६५ हजार तीन सय ३४ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ४५ खर्ब चार अर्ब तीन करोड ९० लाख रुपैयाँको कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यो कारोबार तीन महिनाअघि अर्थात् कात्तिक महिनाको भन्दा झन्डै १० खर्ब रुपैयाँले धेरै हो । माघ महिनामा सबैभन्दा धेरै अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली आरटीजीसी मार्फत २८ खर्ब २२ अर्ब ८६ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै एटीएममार्फत चार खर्ब ७९ अर्ब २९ करोड १० लाख, इन्टरनेट बैंकिङमार्फत २३ अर्ब ८७ करोड २० लाख, मोबाइल बैकिङमार्फत १३ अर्ब ७८ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ ।

यसैबीच शेयर धितोमा जाने कर्जा सात महिनामा ११ दशमलव छ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघ मसान्तसम्म शेयर धितो कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ । गएको असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ प्रवाह भएको थियो ।

सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितो कर्जामा थप आठ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ प्रवाह भएको हो । बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर कारोबारका लागि एक व्यक्तिले अधिकतम १५ करोड तथा संस्थाले २० करोड रुपैयाँ मात्रै कर्जा लिन पाउने व्यवस्था छ । लगानीकर्ताले शेयर कर्जामा १५ र २० करोडको सीमा हटाउनुपर्ने माग गर्दै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!