सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

SHARE:

काठमाडौं १५ मार्च २०२४ ।

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन आज पक्राउ परेका छन् ।

सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । ६१ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएको थियो । त्यसबेला सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ । त्यसबेला उनलाई सामान्य कागज गरेर छाडिएको थियो ।

आयोगले पनि बिहीवार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको सार्वजनिक भएको थियो ।

उनीहरू हेलिकप्टरमा गोसाईकुण्ड घुम्न गएको फोटो समेत सार्वजनिक भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!