भोजपुरमा आगलागीमा परेर तीन बालबालिकाको मृत्यु

SHARE:

काठमाडौं १६ मार्च २०२४ ।

भोजपुर हतुवागढी -७ पिप्लेमा भएको आगलागीमा जलेर तीन बालबालिकाको मृत्यु भएको छ ।

धन बहादुर कार्कीको खोल्मामा आगलागी हुदा नीजका दुई नाती र एक नातिनिको आगोले जलेर मृत्यु भएको भोजपुर प्रहरीले जनाएको छ । केदार कार्कीको छोरा ४ बर्षको प्रनिष कार्की ,रमेश कार्कीको छोरी ५ बर्षको दिप्सिखा कार्की र छोरा साढे दुई बर्षको द्द्युनिश कार्कीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनबहादुर कार्कीको रमेश र केदार नाताले काका भतिज भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले बताए । आगलागीको कारण खुल्न सकेको छैन् । घटना अपरान्ह ५:३० बजे घटेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!