हुन्डी कारोबारीको आरोपमा ४० लाखसहित चार जना पक्राउ

SHARE:

काठमाडौं १६ मार्च २०२४ ।

नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुन्डी मार्फत वित्तीय कारोबार गर्ने गरेको सूचनाको आधारमा ४० लाख बोकेर हिँडेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई प्रहरीले हुन्डी कारोबारीको आरोपमा पक्राउ गरेको हो । काठमाडौँको चाबहिलमा कुमार कामी, अस्कर जोशी, दीपेश भन्ने डोन शाही र कल्पना मगरलाई फेला पारी निजहरूको शरीर खानतलासी गर्दा जोशीले बोकेको झोला भित्र २० लाख र कुमार कामीले बोकेको झोला भित्र २० लाख गरी ४० लाख फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रहरीले सो रकम नेपाल राष्ट्र बैकबाट जारी भएको निर्देशन विपरीत हुन्डी मार्फत वित्तीय कारोबार गर्ने उद्देश्यले बोकी हिँडेको दाबी गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!