
जमुना पुन – बेलायत
१६ मार्च २०२४ बेलायत । मगर संघ युके यूनाइटेड हाम्सायर, सरे, वाक्सायर (यूएचएसबी) शाखा, लेडिस कमिटीले गत बर्षहरुमा झैँ “लेडिस रमझम नाइट” भब्यताका साथ सम्पन्न गरेको छ। उक्त लेडिस रमझम नाइट बेलायतको फार्नबोरोस्थित स्यामूल कोडी सपोर्ट कलेजमा सम्पन्न भएको थियो।
लेडिस रमझम नाइट कार्यक्रमको संयोजक लेडिस कमिटिका उपाध्यक्ष आशा थापाले गरेका थिए। कार्यालयका ब्यबस्थापन सचिब पार्वती थापाले ब्याबस्थापन गरेका थिए भने आर्थिक कारोबार कोषाध्यक्ष जमुना थापाले जिम्मेवारी लिएका थिए। हल डेकोरेसन मगर स्नाघ युके, यूएसएसबी शाखाका युथ समुहले गरेका थिए।
मगर संघ युके, यूएचएसबी शाखाका लेडिस कमिटिले स्थापना कालदेखि लेडिस रमझम नाइटबाट प्राप्त मुनाफा रकम बिभिन्न संघ-संस्था तथा व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आएको छ। जस्तै: दिलशोभा श्रेष्ठ (आमा घर), भुकम्प पिडित जाजरकोट, ब्रेस क्यासर फ्रीमली पार्क अस्पातल, होस्पीस फार्नहाम अस्पातल, जुनु पुन (सिर्जनसिल समाज नेपाल), इन्दिरा राना मगर (बन्दिगृह) र समाजसेवी गिभिना मगरलाई आर्थिक सहयोग गर्दै आएको छ ।
यस बर्षको मुनाफा रकम चर्चित लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरलाई नेपाली रुपिया १ लाख ११ हजार आर्थिक सहयोग गरेको छ। गायक प्रसाद खप्तरी मगरको दुवै किड्नीले काम गर्न छोडेपछि तत्कालै आर्थिक सहयोग गरसकेको छ।
यसै बर्षको मुनाफा रकम बेवारिसे लासका ब्यबस्थापक तथा बिबिसी वर्ल्डको सर्वेक्षण अनुसार १०० प्रभावशाली महिला २०२० द्वारा सम्मानित, समाजसेवी सपना रोका मगरको “सपना फाउन्डेसन” लाई आर्थिक सहयोग गर्ने निर्णय मगर संघ युके, यूएचएसबी शाखाका उपाध्यक्ष तथा लेडिस कमिटिका अध्यक्ष धन कुमारी (धना) रोकाले अबगत गराएका छन।
कार्यक्रममा आपतकालीन स्थितिको बारेको सुचना, आसन ग्रहण गरेपछि कार्यक्रममा अध्यक्ष धनकुमारी रोका, पुर्ब तथा निबर्तमान अध्यक्षहरु छबि माया पुन, भीमा धेगा, हेड अफ लेडी गोमा राना, सल्लाहकारहरु शान्ति कुवर, नरमती पुन र जमुना गर्बुजा पुनले संयुक्त रुपमा दीप प्रज्वलन गरेर औपचारिक कार्यक्रमको शुरु गरेका थिए।
अध्यक्ष धन कुमारी (धना) रोकाले अध्यक्षता गरेको लेडिस रमझम नाइट कार्यक्रममा गोमा रानाले स्वागत मन्तब्य दिएका थिए भने सुमिता थापाले संचालन गरेका थिए। लेडिस रमझम नाइटमा गैर आबासीय नेपाली संघ (एनआरएन) युकेका पुर्ब उपाध्यक्ष शान्ति थापा कुवर, नेपाल आदिवासी जनजाति महिला महसंघ युके तथा मगर संघ युकेका पुर्ब उपाध्यक्ष छबि माया पुन, नेपाल आदिवासी पत्रकार महा संघ (फोनिज) युकेका पुर्ब अध्यक्ष तथा गैर आबासीय नेपाली संघ (एनआरएनए० युकेका महासचिब प्रमिला राई, नेपाल आदिवासी पत्रकार महा संघ (फोनिज) युकेका निबर्तमान अध्यक्ष गोमा राना, पुर्बमहासचिब जमुना पुन, चर्चित कलाकार मुना थापा समाजसेवी सपना रोका धेरै नेपाली दिदी बहिनीहरुको उपस्थिति रहेको थियो।











