नेपालमा चौधरी समुहले हडपेको बाँसबारीको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता

SHARE:

काठमाडौं २२ मार्च २०२४ ।


बाँसबारी छाला जुत्ता उद्योगबाट चौधरी समूहले च्याम्पियन फुटवेयरमार्फत हडपेको १० रोपनी जग्गा सरकाको नाममा फिर्ता ल्याइएको छ ।

सबै प्रक्रिया पुरा गरी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मालपोत कार्यालय डिल्लीबजारले सो जग्गा सरकारकै भएको ठहर गर्दै आज सो निर्णय गरिएको जानकारी गराएको छ ।

मालपोत ऐन २०३४ को दफा २४ को व्यवस्था अनुसार उक्त जग्गा सरकारको नाममा ल्याइएको कार्यालयका प्रमुख छविलाल नेपालीले जानकारी दिए ।मन्त्रिपरिषद्को निर्णय वा नेपाल सरकारको सहमतिबिना उक्त जग्गा फुटवेयरको नाममा लगिएको थियो ।

सो विषयमा सांसद विनोद चौधरी, उनका भाइ वसन्त र अरुण चौधरीमाथि सिआइबीले अनुसन्धान गरिरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!