ब्रिटिश आर्मीमा डाईरेक्ट मेजर रैंकमा कमिशन प्राप्त पहिलो गोर्खा

SHARE:

ब्रिटिश आर्मीमा डाईरेक्ट मेजर रैंकमा कमिशन प्राप्त पहिलो गोर्खा ।

रोयल मिलिटेरी एकाडेमी, स्यान्डहर्स्ट क्याम्बर्ली बेलायतको ईतिहासमा गोर्खाहरु विगत दुईसय आठवर्षदेखि सेनाको अन्य रेंकमा भर्ती भएर सेवाकालमा अफिसर तहमा पुगेर सेवा निवृत्त हुने गर्दै आएका छन । पछिल्लो समयमा गोर्खाली मुलका व्यक्तिहरु डाईरेक्ट ब्रिटिश आर्मीका विभिन्न विभागमा डाईक्ट क्याप्टैन तहसम्म कमिशन प्राप्त गरेर अफिसर तहमा सेवा गर्दै आईरहेका छन् । सबैभन्दा पहिले गोर्खा समुदायबाट मेजर तहमा कमिशन प्राप्त गर्ने व्यक्तिको श्रेय डा. सुदर्शन गुरुङलाई प्राप्त भएको छ ।

बुवा सुमलकुमार गुरुङ र आमा सारादेवी गुरुङको कोखबाट पर्वत जिल्ला मोदी गाउपालिका वडा नम्बर ८, चित्रेमा सन् १९८७ सालमा जन्मेका सुदर्शन गुरुङले सन् २०१० सालमा नेपाल मेडिकल कलेजबाट एमबिबिएस पास गरेर सन् २०१२मा बेलायत आएर चिकित्स सेवामा सेवा गर्न थालेका थिए । चिकित्स सेवामा संलग्नता रहे पश्चात एमआरसीपी (एम.डी.) तह त्यसपछि एफआरसिपि (ह्यामोटलाजी को कन्सल्ट्यान्ट (विशेषज्ञ) तहको अध्ययन पूरा गरेर चिकित्स क्षेत्रमा कार्यदक्षता हासील गर्दै आएका थिए । बेलायतको चिकित्स क्षेत्रमा नेपाली समुदायबाट सबैभन्दा कम उमेरमा केन्ट स्थित मिडवे अस्पताल, जिलिंगहाममा क्यान्सर विभाग प्रमुख हुने श्रेय पनि डा. सुदर्शनलाई जान्छ ।

कलिलै उमेरदेखि आफ्नो अध्ययन र सेवामा दत्तचित्त भई अघि बढिरहेका मेजर डा. सुदर्शन गुरुंगले चिकित्स क्षेत्रमा धेरै कल्याणकारी कामहरु गरिसकेका छन । नेपालको महाभूकम्पको बेला डा. कपिल रिजाल सहित डाक्टरहरुको समुहमा अघिल्लो पंंक्तिमा उभेका डा. सुदर्शन गुरुंगले बेलायतमा स्वास्थ्य शिविरहरुको कार्यक्रमहरुमा सक्रिय भूमिका निभाउँदै आएका छन । आफ्नै प्रयासमा केहि आर्थिक रकम संकलन गरेर नेपालको मुसहर बस्तिमा स्वास्थ्य शिविरको आयोजना गरेर गरिबनिमुखाहरुको लागि निःशुल्क सेवा र दवाईपानी उपलब्ध गराएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!