तमु धीं युके र अध्यक्ष हरि गुरुङबाट त्रिपिटक पाठवाचनमा १ लाख सहयोग

SHARE:

लन्डन २४ मार्च २०२४ । तमु धीं युके र अध्यक्ष हरि गुरुङले काठमाडौंमा जारी कांग्युर (त्रिपिटक) पाठवाचन महापूजा अनुष्ठान कार्यक्रमका लागि एक लाख सहयोग गरेका छन् ।

कांग्युर संस्थापक जिन्दाग ग्रहणबापत तमु धीं युकेका तर्फबाट ५० हजार र अध्यक्ष गुरुङको परिवारबाट ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रले जानकारी दिएको छ । उनी श्रीमती सन्ध्या गुरुङसहित परिवार नै पुरानो ठेगाना पर्वत चार भन्ज्याङ ठाना भई हाल युकेमा बसोबासरत छन् ।

यस्तै अध्यक्ष हरि गुरुङकी आमा लक्ष्मी गुरुङले पनि ५० हजार रुपैयाँ सहयोग गरेकी छन् ।

यही चैत ६ गतेदेखि बुढानीलकण्ठस्थित चार भन्ज्याङ तमु समाजमा जारी त्रिपिटक पाठ वाचन महापूजा सोमबार सकिँदैछ ।

गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्रका अध्यक्ष खेन्पो शीर लामा गुरुङले भगवान् बुद्धले प्रतिपादन गरेको अहिंसा परम धर्मको शिक्षालाई मानव समाजमा विस्तार गर्दै लैजान उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा बौद्ध गुरुहरु, श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेका छन् । कार्यक्रम समापन चैत १२ गते सोमबार शुक्ल पूर्णिमा तिथिको दिन हुनेछ । त्यसदिन बिहान ७:३० बजेदेखि गणचक्र पूजा, अपराह्न १ बजेदेखि रिन्पोछे गुरुबाट प्रवचन तथा दीर्घायु अभिषेक (वाङ्) प्रदान गरिने छ । महापूजा अनुष्ठानमा सहभागी भई पुण्यलाभको लागि अध्यक्ष खेन्पो गुरुङले सबैलाई अनुरोध गरेका छन् । कार्यक्रम सञ्चालन गर्नका लागि इच्छुकले भोजन दानबापत २५ हजार, चियानास्ता/खाजा दान १५ हजार, चिया मात्र २ हजार ५ सय, पानी तथा फलफूल दान र कांग्युर वाचन संस्थापक जिन्दाग ग्रहणबापत ५० हजार रुपैयाँ सहयोग गर्न सकिने आयोजकले जनाएको छ ।

बुद्ध वचनको अनुशरण गरौं, जीवन सार्थक बनाऔं सन्देशसहित गुरुङ (तमु) लामा बौद्ध धर्म समाज केन्द्र वि सं २०७० सालमा स्थापना भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!