बुद्धिस्ट गुम्बा रेडिङको च्यारिटीमा प्रस्तुति दिन बेलायत आइपुगे दुई गजल गायक

SHARE:

लन्डन २५ मार्च २०२४ । बुद्धिस्ट गुम्बा रेडिङको निमन्त्रणामा ख्यातिप्राप्त गजल गायक राज सिग्देल र तिलकसिंह पेला बेलायत आइपुगेका छन् ।

यही ३१ मार्चमा बुद्धिस्ट गुम्बा रेडिङ युकेले आयोजना गर्ने च्यारिटी गजल डिनर नाइटमा प्रस्तुति दिन गजल गायकद्वय सिग्देल र पेला बेलायत आएका हुन् । आइतबार लन्डनस्थित हिथ्रो विमानस्थल आइपुगेका गजल गायकद्वयलाई बुद्धिस्ट गुम्बा रेडिङ युकेका अध्यक्ष ई. खेमबहादुर गुरुङ, महासचिव कमल गुरुङलगायतले स्वागत गरे ।

च्यारिटी कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ । गायकद्वयको के लत बस्यो मलाई, हेर दिन ढल्यो, लुकाउन खोज्दा पनि, पल पल यस्तै, हरेक दिन सॅाझ फर्केर आउॅछ, मन भित्रको महल तिमीलाई, माया मात्र कस्तो कस्तो, कति निठूरी बनेथ्यो, फेरि अर्को हार भयो, निर्जन किनारलगायत सिर्जना लोकप्रिय छन् ।

गजल साँझमा प्रवेश शुल्क खानासहितको टिकट मूल्य १०० र ४० पाउन्ड तोकिएको छ । टिकटदर प्रतिव्यक्ति साधारणतर्फ ४० पाउन्ड तथा भीआईपीतर्फ १०० पाउन्ड रहेको छ । प्रायोजकलाई भीआईपी टिकट हुने र ४०० पाउन्डभन्दा माथि सहयोग गर्नेलाई २ वटा भीआईपी टिकट दिइने महासचिव गुरुङले बताए ।

गुम्बा निर्माण तथा मर्मतका लागि सहयोगार्थ च्यारिटी गजल डिनरको आयोजकले जनाएको छ । पुण्य कामका लागि भएकाले कार्यक्रमको टिकट काटेर सहयोग गर्न उनको अनुरोध छ ।

गुम्बाले यसअघि २०१९ जुलाईमा पहिलो च्यारिटी गरेको थियो। त्यसबेला आनिछोइङ डोल्माले प्रस्तुति दिएकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!