त्रिशूलीमा ट्याक्सी खस्दा एक बच्चासहित ५ जनाको ज्यान गयो

SHARE:

चितवन ३० मार्च २०२४ ।

नेपालमाको चितवन जिल्लामा ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई पुरुष, दुई महिला र एक बच्चाको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अञ्जना रोकाय, नौ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको छ । अठार वर्षीय दिवस रोकाय बेपत्ता छन् ।

काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सी ३० मार्च शनिबार बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक सडकबाट त्रिशूली नदीमा खसेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!