त्रिकोणात्मक टि-२० शृंखलाको पहिलो खेलमा गुजरातविरुद्ध नेपालको सानदार जित

SHARE:

काठमाडौं ३१ मार्च २०२४ ।

एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ ।

९९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । गुलसन झा र करन केसीको उत्कृष्ट बलिङमा ९८ रनमा रोकेको गुजरातविरुद्धको जितमा नेपालका अनिल साहले नटआउट ३२ र रोहीत पौडेल नटआउट ३३ रन बनाए । कुशल भुर्तेल १७ रनमा आउट हुँदा आसिफ सेख १६ रनमा पभेलिएन फर्किए ।

टस जितेर पहिला बलिङ रोजेको नेपालका गुलसन एक्लैले चार विकेट लिए । करण केसीले तीन विकेट र सोमपाल कामीले एक विकट लिँदा गुजरात १८.२ ओभर अलआउट भयो । गुजरातको दुई विकेट रन आउट भएको थियो । नेपालले एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्न लागेको हो नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा पनि सहभागी रहेको छ । नेपालले दोस्रो खेलमा अप्रिल २ मा बरोडाको सामना गर्नेछ ।

यस्तै अप्रिल ३ मा पुनः गुजरात विरुद्ध खेल्नेछ भने अप्रिल ५ मा बरोडा विरुद्ध दोस्रो खेल खेल्नेछ । प्रतियोगिताको राउण्ड रोबिन चरणमा शीर्ष रहने २ टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!