बीसीसी युकेद्वारा लामा पुरनको बिदाइ

SHARE:

बीसीसी युकेद्वारा लामा पुरनको बिदाइ

पूर्ण गुरुङ, लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेद्वारा लामा पुरनको बिदाइ गरेको छ । मंगलबार २ अप्रिलका दिन बीसीसी युकेका अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख जगना गुरुङले खादा लगाई बिदाइ गरेको हो । पोखरास्थित बौद्ध अर्घौं सदनमा कार्यरत लामा गुरुङ बीसीसी युकेका निमन्त्रणमा गत अक्टोबरमा न्यूग्नी ब्रतका लागि बेलायत आएका हुन् । लामा गुरुङले बिसीसी युकेले अक्टोबरमा आयोजना गरेको न्यूग्नी ब्रत पुजा, गत नोभेम्बर देखि जनवरीसम्म वाचन गरिएको कंग्यूर तथा तेंग्यूर पाठ साथसाथै बौद्ध परम्परामा आधारित विभिन्न पुजापाठ तथा कर्मकाण्डमा आवद्ध भएका थिए ।
उक्त बिदाइमा बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, खैबा कर्म, अध्यक्ष हर्क बहादुर गुरुङ, पूर्व अध्यक्ष नरेश गुरुङ, महासचिव मेजर हितमान गुरुङ, आमा प्रमुख जगना गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो अवसरमा लामा गुरुङले बीसीसी अध्यक्ष हर्क बहादुर गुरुङलगायत सिंगो कार्यसमिति, आमाहरु, भक्तजनहरु र शुभचिन्तकहरुमा आपूmले पाएको माया, साथ र सहयोगका लागि धन्यवाद ज्ञापन गरे । त्यस्तै, लामा गुरुङलाई बीसीसी युकेका प्रमुख लामा खेन्पो कर्म छुल्त्रिम, पूर्व अध्यक्ष नरेश गुरुङ, आमा उपाध्यक्ष शारदा गुरुङ, आमा सहसचिव पवित्र गुरुङलगायत भक्तजन एवं भक्तजनहरुले हिथ्रो विमानस्थलसम्म पु¥याउन गएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!