सर्वोच्चको फैसलाले एनआरएनएलाई एक ढिक्का बनाउने अभियन्ता सेनको विश्वास

SHARE:

सर्वोच्चको फैसलाले एनआरएनएलाई एक ढिक्का बनाउने बेलायतका अभियन्ता सेनको विश्वास

लण्डन- सर्वोच्च अदालतले गत साता गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुईपटक भएका १० औं र ११ औं महाधिवेशन र त्यसक्रममा चुनिएका सबै कार्यसमितिलाई मान्यता नदिने फैसला गरेपछि विभिन्न कोणबाट वहस शुरु भएको छ ।

डा. बद्री केसी पक्षले स्वीकार्न चाहेको छैन तर बाँकी समूहले फैसलाको स्वागत गरेका छन् ।

यसै क्रममा विनोद कुंवर समूहका उपाध्यक्ष बेलायतका अभियन्ता थर्क सेनले फैसलाको स्वागत गर्दै यसले खन्डिकरण भइरहेको एनआरएनएलाई एक ढिक्का बनाउने विश्वास व्यक्त गरेका छन् ।

अभियन्ता सेनले पूर्ण पाठ आएपछि धेरै कुरा छर्लङ हुने उल्लेख गर्दै पूर्ण पाठ नआइन्जेल धर्यधारण गर्न आफ्ना नेता कार्यकर्तालाई आग्रह गरेका छन् । फैसलाले स्वघोषित ६ महिने ३ जना अध्यक्षहरु शून्यमा झरेको टिप्पणी उनले गरे ।

‘अहिलेसम्म स्वघोषित पक्षले एनआरएनएको नाममा हालिमुहाली गरि संघलाई बदनाम गर्‍यो । विवाद, विभाजन, समय श्रोत साधन र करोडौं रूपैयां अपचलन गरेकाले क्षतिपूर्ति तिराउनु पर्दछ’ उनको माग छ ।

अब संघको गिर्दो साख पुनस्थापित गर्न सबैको एकता अपरिहार्य रहेको पनि उनको धारणा छ ।

गत बुधबार न्यायाधीश सपना प्रधान मल्ल र डा. नहकुल सुवेदीको इजलासले गैरआवासीय नेपाली संघको १० औँ र ११ औँ महाधिवेशन अवैध ठहर गर्दै दुई समानान्तर अन्तर्राष्ट्रिय समन्वय परिषद् खारेज गर्ने फैसला गर्दै १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ ।

सेनले घले नेतृत्वको उच्चस्तरीय समितिलाई एकता महाधिवेशन गराउन सबैले सहयोग गर्नुपर्ने जनाउंदै महाधिवेशनमा डेलिगेट्स कोटा नै विवादको मुख्य जड भएकाले अब एकपटक सदस्यता नवीकरण गरेका सबै सदस्यलाई मताधिकार दिइनुपर्नेमा पनि जोड दिएका छन् ।

‘सबै गैर आवासीय नेपालीको सहभागिताले मात्र संघको आमूल परिवर्तन हुने सम्भावना छ’ उनले भनेका छन् ।

सेन अध्यक्षको बलियो दावेदार पनि हुन् । अहिलेसम्म संघमा भएको सम्पूर्ण विवाद, विभाजन र समस्या समाधान गर्न अबको एकता अधिवेशनमा थर्क सेनको प्रतिनिधित्व जरूरी रहेको यूकेवासीको आवाज छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!