मोना युकेले हर्षोल्लासका साथ मनायो नेपाली नयाँ वर्ष

SHARE:

मोना युकेले हर्षोलासका साथ मनायो नेपाली नयाँबर्ष

जमुना पुन – बेलायत ।

सनिवार ११ अप्रिल २०२४ का दिन प्रवासी नेपाली संघ (मोना) युकेले नेपाली नयाँबर्ष हर्षोलासको साथमा मनाएको छ । नयाँ बर्ष शुभकामना साँझ बेलायतको फार्नबोरो स्यामुल कोडी सपोर्ट कलेजमा सम्पन्न भएको थियो ।

नयाँबर्ष सुभकामना साँझको पहिलो चरणको औपचारिक कार्यक्रम, आपतकालीन अबस्था सम्बन्धि जानकारी, आसनग्रहण, स्वागत मन्तब्य, दिप प्रज्वलन, नेपाल र बेलायतको राष्ट्रिय गीत तथा धुन बजाएर शुरु गरिएको थियो । सोहि कार्यक्रममा बेलायतमा दिबंगत भएका मोना युकेका सदस्यहरुको चिर शान्तिको लागि २ मिनेट मौन धारण गरिएको थियो।

उक्त औपचारिक कार्यक्रम पश्च्यात म्याग्दीबाट बेलायतमा बसोबास गरेका र बिभिन्न क्षेत्रहरुमा प्रगति गरेका म्याग्देलीहरुलाई सम्मान गरिएको छ। यस बर्ष बिशेष गरेर शिक्षा क्षेत्रमा ग्रजुएन्सन गरेका नानी बाबुहरू र सांगीतिक क्षेत्रमा यानीमाया एल्बम निकाल्न सफल बिल पुर्जालाई सम्मान गरिएको छ।

सो कार्यक्रममा मोना युकेका अध्यक्ष कुमार फगामी, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूतावासको दोस्रो सचिब रामबाबु नेपाल, मोना युकेका पुर्ब अध्यक्ष कमल पुर्जा, सपना फाउण्डेसनका अध्यक्ष सपना रोका र काउन्सिलर ग्यारेथ लेनले नयाँ बर्षको सुभकामना मन्तब्य दिएका थिए।

प्रथम चरणको कार्यक्रमको अन्त्यमा मोना युकेका अध्यक्ष कुमार फगामीले नयाँ बर्ष शुभकामना साँझको हार्दिक शुभकामना दिदै कार्यक्रमलाई सफल पार्नको लागि सहयोग गर्ने चन्दा दाताहरु, अतिथि गणहरु, स्थनीय कलाकारहरु, नेपालबाट आमन्त्रण गरिएका कलाकारहरु, अहोरात्र खटिरहेका कार्समितिका सदस्यहरुलगायत उपस्थित भएका सपूर्ण महानुभाबहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

मोना युकेको शुभकामना साँझको दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम संचालन गरिएको थियो। सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरु ललित गर्बुजा, गित गर्बुजा, टिका गर्बुजा, बिनोद श्रीपाली, गीता पाइजा, भूमिका घर्ति, सुबिसा पुन, संगम घर्ति, भुपेस मगर, देवी गर्बुजा, पर्मिना थापा, मेरिन पाइजा, रेजिना रेगामी, गीता पाईजा, इनि रोका, अर्जुन पाईजा, सोनिया पाईजा, अर्जुन पुनले नृत्य प्रस्तुत गरेका थिए भने धौलागिरि नौमती बाजा, खिबाङ समाज युकेको पुर्ख्यौली समुहले आ-आफ्नो प्रस्तुति दिएका थिए।

मोना युकेको नयाँ बर्ष शुभकामना साँझमा नेपालबाट आएका कलाकारहरु नेशन पुन, ललिता पुन र दिपा गुरुङले आ-आफ्नो प्रस्तुतिलगायत बेजोड दोहोरि प्रस्तुत गरेका थिए भने सांस्कृतिक कार्यक्रम सांस्कृति सचिब नुनु पाईजा र नाना ब्याण्डका संस्थापक सदस्य श्री पुर्जाले संचालन गरेका थिए।

नयाँ बर्ष शुभकामना साँझमा संस्थाका युथ संयोजक अर्जुन पुनले राफल ड्र संचालनगरेका थिए।

मोना युकेको नयाँ बर्ष शुभकामना साँझको प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूतावासको दोस्रो सचिब रामबाबु नेपाल र उनका धर्मपत्नी मिनु शर्माको उपस्थिति थियो भने बिशेष अतिथिहरुमा गैर आबशीय नेपाली संघ (एनआरएनए) युकेका प्रमुख संरक्षक दिपक गुरुङ, अध्यक्ष हितकाजी गुरुङ, रसमर बोरो काउन्सिलका काउन्सिलरहरु ग्यारेथ लेन, नेम थापा, मेजर डमर शाहीलगायत बेलायतमा स्थापित बिभिन्न जातीय संगठन तथा बिभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

शुभकामना साँझमा मोना युकेका संस्थापक अध्यक्ष दलमान पुन, निबर्तमान अध्यक्षहरु, रेशम शेरचन, कमल पुर्जा, सल्लाहकारहरु अमर मल्ल, बेल बुराथोकी, रत्न शाही, जंग पुन र जित पुनलगायत धेरैको उपस्थिति रहेको थियो।

मोना युकेका अध्यक्ष कुमार फगामीको अध्यक्षतामा संचालित कार्यक्रमलाई संस्थाका महासचिब बिष्णु भण्डारीले संचालन गरेका थिए। सो कार्यक्रममा मोना युकेका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम प्रमुख संयोजक लाल पुन (लालुले) स्वागत मन्तब्य दिएका थिए भने संस्थाका सचिब मन्दिप जुग्जालीले आपकालिन अबस्थाको बारेमा जानकारी दिएका थिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!