नेपालमा लगानी बढाउन बेलायत तयार छ : राजदूत रब फेन

SHARE:


काठमाडौँ १९ अप्रिल २०२४ । नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा लगानी बढाउन बेलायत तयार भएको बताएका छन् ।
बेलायतमा पढेर आएका नेपालीहरुको संगठन ‘अबान’को छब्बीसौं वर्षगाँठ मनाउन बिहीबार दूतावासमा आयोजना गरिएको कार्यक्रममा बोल्दै राजदूत फेनले उक्त धारणा राखेका हुन् ।

‘हामी नेपालमा लगानी गर्ने अवसर खोजिरहेका छौं र बढाउन तयार पनि छौं,’उनले भने,‘तर, त्यसका लागि सरकारले लगानीमैत्री बातावरण बनाउन पर्छ ।’

नेपालमा बेलायतले गरेका केही लगानीमा सरकारले नियमभन्दा बाहिर गएर कर लगाएको र त्यसमा आफ्नो देशको फरक मत रहेको राजदूत फेनले बताए । ‘तपाईंहरु बेलायतको अनुदानमात्रै चाहनु हुन्छ कि लगानी पनि भनेर मैले सरकारका अधिकारीहरुलाई भेटमा भन्ने गरेको छु,’ भूतलक्षीत कानुन बनाएर अवाञ्छित कर लगाए त्यसले लगानीकर्ताहरुलाई नेपालमा जाऊ भन्न नसकिने बताउँदै राजदूत फेनले भने, ‘जे रोजे पनि नेपालको स्वतन्त्रता हो र त्यसका हामी सम्मान गर्छौं ।’

बेलातमा पढेर आएकाहरुको संगठन आबानले दुई देशबीचको सम्बन्धलाई व्यावसायिक र सामाजिक विकासका लागि साझेदारीमा लगाउन विविध कार्यक्रहरु गर्दै आएको छ ।‘यसका लागि दूतावासको सँधै साथ र सहयोग मिलेको छ,’ अबानकी अध्यक्ष पद्मा वैद्यले भनिन्, ‘आगामी दिनमा हामी यो साझेदारीलाई थप फराकिलो दायरमा लैजाने योजनामा छौं ।’

ठूलो संख्यामा बेलायतीहरु नेपालका लागि सहयोग गर्न र नेपाल घुम्न आउन इच्छुक भएको र उनीहरुको नेपाल प्रतिको माया सदा रहेको पाएको भन्दै दूतावासले त्यो सद्भाव नयाँ पुस्ताका बेलायतीमा पनि सार्न थप पहलको जरुरत भएको बताएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!