पोखराका आचार्य बेलायतमा विश्व प्रसिद्ध ह्विट्ली पुरस्कारबाट पुरस्कृत

SHARE:

गण्डकी २ मे २०२४ । लाटोकोसेरो पंक्षी संरक्षणमा क्रियाशील कास्कीको पोखराका राजु आचार्य विश्व प्रसिद्ध ह्विट्ली पुरस्कारबाट पुरस्कृत भएका छन् ।

लाटोकोसेरो र वन्यजन्तुको संरक्षणमा विशिष्ट योगदान पुर्याएको भन्दै उहाँलाई ५० हजार पाउन्डको सो पुरस्कारबाट पुरस्कृत गरिएको हो । बेलायती राजकुमारी एनले बुधबार लन्डनमा आयोजित एक समारोहमा आचार्यलाई पुरस्कार प्रदान गरेका हुन् । आचार्यसँगै ब्राजिल, भुटान, पपुवा न्युगिनी, क्यामरुन र गुयानाका छ जना संरक्षणकर्मीहरूर्ला सो पुरस्कार प्राप्त गरिएको थियो ।

विगत ३५ वर्षदेखि निरन्तर वन्यजन्तुको अध्ययन र संरक्षणमा क्रियाशील आचार्य ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको कार्यकारी निर्देशकसमेत छन् । उनी डेढ दशकभन्दा लामो समयदेखि लाटोकोसेरोको संरक्षणमा क्रियाशील छन् । आफूले प्राप्त गरेको पुरस्कार गण्डकी प्रदेशमा लाटोकोसेरो संरक्षणको काममा खर्च गर्ने आचार्यले जानकारी दिए । नेपाल सरकारले बनाएको १० बर्से ‘लाटोकोसेरो संरक्षण कार्ययोजना’ले तोकेको कार्यहरूमध्ये केहीमा पुरस्कार रकम खर्च गर्ने उनले बताए । आचार्यले भने, ‘मेरो जीवनको सबैभन्दा खुसीको दिन हो । यो पुरस्कार ती सबै चराको लागि समर्पित छ जो दुर्लभ नभएकै कारण अनुसन्धान र संरक्षणकर्मीको आँखामा परेका छैनन् ।’

लाटोकोसेरोसम्बन्धी उनका पाँच पुस्तक प्रकाशित छन् । नेपालबाट विद्युतीय रूपमा प्रकाशित हुने लाटोकोसेरोसम्बन्धी पत्रिका ‘हाप्सिलो’ का सम्पादकसमेत रहेका आचार्यका १२५ भन्दा बढी प्रकृतिसम्बन्धि आलेखहरूसमेत प्रकाशित छन् । आचार्यकै सकृयतामा प्रत्येक वर्ष लाटोकोसेरेको संरक्षणमा सचेतना जगाउने उद्देश्यका साथ ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव’ पनि सञ्चाालन हुँदै आएको छ । लाटोकोसेरोका क्षेत्रमा क्रियाशील भएकै कारण उनलाई ‘उल्लु सर’ को उपमा पनि दिने गरिएको छ ।

लाटोकोसेरोका साथै ब्वाँसो, जङ्गली चौँरी, हिउँ चितुवा, ध्वाँसे चितुवा, वन कुकुर, साना माङ्साहारी, गिद्ध, कालिज, मानव–वन्य जन्तु द्वन्द्व, जैविक विविधता अभिलेखीकरण, वन कार्बन, समुदायमा आधारित प्रकृति संरक्षण, हरित विद्यालय आदि क्षेत्रमा पनि काम गरेका आचार्य सन् २०११ मा अमेरिकाबाट ‘स्पेसल अचिभमेन्ट अवार्ड’ र सन् २०१८मा नेपाल सरकारको ‘राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार’ लगायत पुरस्कृतबाट समेत पुरस्कृत भइसेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!