हेर्ने कथाको टिम विद्या चापागाईं र कमल कुमार लन्डन आइपुगे

SHARE:

लन्डन – चर्चित नेपाली श्रव्यदृश्य शृंखला हेर्ने कथाको टिम लन्डन आइपुगेको छ। ‘हेर्ने कथा’ की सहसंस्थापक तथा प्रस्तोता विद्या चापागाईं एवं सहसंस्थापक तथा निर्देशक कमल कुमार शनिबार बिहान लन्डन आइपुगेका हुन् ।

आइतबार दिउसो १:३० बजे एम्पायर हल, अल्डरशटमा ‘हेर्ने कथा’ को विशेष प्रदर्शन साथै आफ्ना दर्शक तथा शुभेच्छुहरुसंग अन्तरक्रिया गर्नेछ ।

उक्त कायक्रमको सह-आयोजकको रुपमा नेपाल पत्रकार महासंघ यूके शाखाको भूमिका रहेको हुँदा नेपाल पत्रकार महासंघ यूकेका महासचिब नरेन्द्र बस्नेतले सम्पूर्ण पत्रकार साथीहरुलाई उपस्थित हुनको लागि अनुरोध गरेका छन । कार्यक्रममा प्रवेश निशुल्क छ भनेर जानकारी गरेका छन ।

आफ्नो दुई साता लामो बेलायत भ्रमणका क्रममा ‘हेर्ने कथा’ टिम ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलले एडिनबरामा आयोजना गर्न लागेको ‘नेपाल अध्ययन दिवस’ मा सहभागी हुनेछ।

विद्या र कमल शनिबार दिउसो (४ मे) मा सेन्ट्रल लन्डनस्थित सोआस (ब्रुनइ ग्यालरी) मा हेर्ने कथाको विशेष प्रदर्शन तथा अन्तरक्रियामा सहभागी हुने छन्।

“बेलायतको नेपाली समुदायसंग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्न हामी निकै उत्सुक छौं। तपाईंहरुको स्नेह, सुझाव र सल्लाह हाम्रो लागि सधैं अमूल्य छ,”  ‘हेर्ने कथा’ की प्रस्तोता विद्या चापागाईंले भनिन्।

बीबीसीको ‘साझा सवाल’ प्रस्तुत गरेर चर्चामा आएकी विद्याले बीबीसी छाडेपछि आफ्ना साथी कमल कुमारसंग मिलेर ‘हेर्ने कथा’ शुरु गरेकी थिइन्।

‘हेर्ने कथा’ टिम मे १३ मा एडिनबरा तथा मे १६ मा म्यानचेस्टरमा हुनेछ।

गएको ६ वर्षमा युट्युबमार्फत १०० ओटा भन्दा बढी ‘हेर्ने कथा’ का कथाहरु प्रसारण भइसकेका छन्। सामान्यतया मिडियाको दृष्टि नपुग्ने दुर्गम भेगमा रहेका सर्वसाधारण नेपालीका असाधारण संघर्षका कथाहरु सुनाएर चर्चामा आएको ‘हेर्ने कथा’ शृंखलालाई युट्युबमा दश लाख बढी दर्शकले ‘फलो’ गरेका छन्।   

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!