
भरतमणि चोङबाङ
ग्लोबल बुलियन एण्ड भल्ट लिमिटेड युके (Global Bullion & Vault) ले तेस्रो बर्ष पुरा गरि चौथो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा गएको अप्रिल ६ तारिख तेस्रो बार्षिकी उत्सब (3rd Anniversary) स्थानीय समाजसेवी, ब्यापारी र डिग्निटरीहरुको साथ भब्य रुपमा मनाएकोछ।
आशफोर्ड, केन्ट अवस्थित आफ्नै कार्यालयमा मनाइएको तेस्रो बार्षिकी उत्सबमा आयोजक कम्पनीका म्यानेजिंङ डाइरेक्टर जनक राई तथा आश्फ़ोर्डबासी नेपालीहरुको प्रतिनित्व गर्दै सगरमाथा गोर्खा नेपालिज कमिटि (SGNCAK) का अदक्ष्य डम्मर सिंगकले केक काटेर मनाइएको थियो। अन्य उपस्थित अतिथिहरुमा सगरमाथा नेपालिज महिला कमिटीका अदक्ष्य उमा गुरुङ , महिला सचिब कल्पना राई, गुरुङ सोसाईटी केन्टका अदक्ष्य डोल गुरुङ, किराँत राई यायोख्खा, आशफोर्डका अदक्ष बसुन्धरा राई, सचिब दिल्ली राई, अन्य पाहुनाहरु, कम्पनीका अन्य पार्टनरहरु तथा मेडियाहरुको उपस्थिति रहेको थियो।
केक काटिसकेपछि शुभकामना आदान-प्रदान गर्ने क्रममा कम्पनीको तर्फबाट एम. डी. जनक राईले उपस्थित सबै पाहुना र टिमलाइ धन्यवाद दिदै आफूहरुले सर्बोत्कृष्ट सेवा प्रदान गर्ने र कम्युनिटीले पनि सेवाको फाइदा लिन आग्रह समेत गरे। यसैक्रममा सगरमाथा गोर्खा नेपालिज कम्युनिटीका अदक्ष्य डम्मर सिंगकले ग्लोबल बुलियन कम्पनीका सबै टिमलाइ बधाई तथा शुभकामना दिए र आउने दिनहरुमा सहयोग र सहकार्य गरेर जाने प्रतिबद्दता जनाए।
नेपाली सेवाग्राही बाहेक विभिन्न कम्युनिटीहरुका सेवाग्राहीहरुलाई जनवरी, २०२१ सालबाट अति सुरक्षित सेवा (Safe Deposit Box) प्रदान गर्दै आएको ग्लोबल बुलियन भल्ट, केन्ट प्रान्तकै एक मात्र सेवा प्रदायक बैंक लकर कम्पनी हो, जो फाइनन्सिअल कन्डक्ट अथोरिटी (FCA No 923037) सित रेजिस्टर छ। यो कम्पनीले सेवाग्राहीलाइ आफ्नो महुमुल्य सामान (सुन, चादी, गरगहना, घडी, क्रिप्टो) , पैसा, इच्छापत्र जस्ता कुनै पनि महत्वपुर्ण कागजातहरु राख्नका लागि अत्यन्तै सुरक्षित सेवा प्रदान गर्छ ।
ग्राहकहरुलाई पुर्ण सन्तुष्टि दिन र उनीहरुको बिश्वासनीयतालाई ध्यानमा राख्दै स्थापना भएको केन्ट कै एक मात्र इन्डिपेण्डेन्ट बैंक लकर हो ; जो सघन बिस्पोटकहरुले फुटाउन सक्दैन। ड्रिलिङ गरेर भत्काउन सक्दैन। लकरमा चार तहको सुरक्षा सिस्टम छन्। ग्राहकले पिन नम्बर , RFID कार्ड र डुप्लिकेट गर्ने नसकिने चाबी पाउछन र चौथो तहको सेक्युरिटी चै बिधुतिय औठा छाप हुन्छ । महत्वपुर्ण कुरा, बैंक लकरमा जाने ढोका र सुरक्षित बक्स खोल्नको लागि आफ्नै बिधुतिय औठा छाप (Finger Print) चाहिने हुन्छ। यसको अर्थ बक्सका लागि रेजिस्टर भएको छैन भने आफ्नै परिवारका सदस्यले पनि खोल्न सक्तैन। अरुले खोल्ने परकै कुरा भयो।
सुरक्षा सेवाको सब भन्दा मजबुत लेयर भनेको ग्राहकहरुको बहुमुल्य सामानहरुको बिमा (इन्स्युरेन्स ) हो। कम्पनीका एम डी जनक राईका अनुसार ग्लोबल बुलियन भल्टका ग्राहकका लागि युकेको प्रतिष्ठित कम्पनी ‘नोबल सेक्युरिटी बक्स इन्स्युरेन्स’ (Noble Security Box Insurance) कम्पनीले बिमा प्रदान गर्छ। यसको अर्थ ग्राहकहरुले उनीहरुको सामान हराएमा, चोरी भएमा (बाहिरका वा कर्मचारी), समान झिक्दा वा निकाल्न जादा गन पोइण्टमा चोरी भएमा पनि ग्राहकहरुले आफ्नो सामानहरुको क्षतिपूर्ति पाउछन। जो मेट्रो र अन्य बैंक लकरहरुबाट यो सेवा/सुबिधा पाउन सकिन्न। उहाका अनुसार , अहिले मेट्रो बैंकले आफ्नो सेवाहरु घटाउने क्रममा सप्ताहान्त (Weekend Service) सेवा बन्द गरेको छ जुन सेवा ग्लोबल बुलियनले बर्षौ बाट दिदै आइरहेकोछ।
सब भन्दा धेरै चोरी हुने ठाउँ मध्यै केन्ट काउण्टी बृटेनकै तेस्रो नंबरमा पर्छ ।जहाँ दिन मै २२ वटा चोरी हुने कुरा रास्ट्रिय तथ्याङ्ग्कले बताएको छ र यसले बिशेष नेपाली / एशियनहरुको घरमा बढी चोरी हुने देखिएकोछ। भौतिक बहुमुल्य सामानहरु लुटिने एउटा पाटो भयो। घट्नामा सांघातिक हमला हुने , ज्यान समेत जाने र घर परिवारमा दिर्घ मनोबैज्ञानिक असर पर्ने खालका ठुला समस्या देखेर नै नेपालीहरुका एक अण्ट्रेप्रेनर (Entrepreneur) समुहले चोरी डकैती समस्याको दिर्घकालिन हल गर्न ग्लोबल बुलियन एण्ड भल्ट लिमिटेड खोलेको कुरा कम्पनीका एक जना डारेक्टर मोहन गुरुङले बताए।कम्पनीको तेस्रो बार्षिकी उत्सब मनाउने क्रममा उनले थपे, “अहिले कम्पनीले आशफ़ोर्ड, फोल्कस्टोन, मेड्स्टोन, लण्डन र अल्डर्शटसम्मको ग्राहकहरुलाई सेवा दिरहेकोछौ। ग्राहकको मागलाइ पुरा गर्न हामीले केहि ठुला बक्सहरु पनि थपेका छौ।कम्पनी प्रगतिशिल मोडमा भएकोले यसले चोरी हुने समस्यालाई ढिलो चाडो हल गर्नेमा आशावादी छौ। “






