दुरा सेवा समाज युकेको १६ औ वार्षिक उत्सव सम्पन्न

SHARE:

लण्डन – शनिवार ४ मार्च २०२४ को दिनमा दुरा सेवा समाज युकेले १६ औ वार्षिक उत्सव तथा नेपाली नयाँ वर्ष २०८१ को शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम बेलायतको वेलिङस्थित अपर विकहाममा सम्पन्न भएको थियो।

१६ औ वार्षिक उत्सव तथा नेपाली नयाँ वर्ष २०८१ दुरा सेवा समाज युकेका अध्यक्ष फ्रम बहादुर दुरा, प्रमुख अतिथि नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा र नेफिन केन्द्रका निवर्तमान सचिब तथा नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुराले, दुरा जातिको पुर्खाको फोटोमा दियो प्रजवलन गरि अबिर अनि खाता ओढाएर समुहघाटन गरेका थिए ।

१६ औ वार्षिक उत्सवको अवसरमा नेफिन केन्द्रका निवर्तमान सचिब तथा नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुराले वार्षिक उत्सव मनाउनको औचित्य र आजको अवस्थाको बारेमा प्रकाश पारेका थिए । दुरा समाज सेवा युकेका सस्थापक अध्यक्ष कर्ण दुराले दुरा समाज सेवा युकेको स्थापना कालको स्मरण गराएका थिए भने प्रमुख अतिथि कर्मा पहाडी शेर्पा, बिशेष अतिथिहरु गंगामाया दुरा, सीता पुनमगर, बम थापा सूर्यवंशी मगर र अन्य अतिथिहरुले शुभ कामना मन्तब्य राखेका थिए।

यस अवसरमा नेपालबाट भर्खरै आएका नयाँ सदस्यहरूलाई समाजले खाता लगाएर समाजमा स्वागत गरिएको थियो भने समाजका नव दम्पति जोडीलाई खाता र फुल वाट बधाई तथा शुभ कामना प्रदान गरिएको थियो। त्यस्तै गरि दुरा समुदयबाट बेलायतका डाक्टरहरु डा. ज्योती श्रेष्ठ, डा. केशमाया दुरा,डा.सिजान शोभा दुरा, डा. किसान भक्त दुरा, डा. शन्जिला दुरा र हालसालै बृटिश आर्मीमा क्याप्टेन पदमा पुग्नु भएका क्यापटेन रबिन दुराहरुलाई दोसल्लाह ओढाएर, सम्मान पत्र, खाता र फूलले सम्मान गरिएको थियो ।

उक्त १६औ वार्षिक उत्सवको प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा थिए भने बिशेष अतिथिहरु नेफिन केन्द्रका निवर्तमान सचिब तथा नेफिन युकेका सल्लाहकार भक्त बहादुर दुरा, नेफिन महिला बेलायतको बरिष्ठ उपाध्यक्ष गंगामाया दुरा, आदिवासी जनजाती पत्रकार महासंघ युकेका अध्यक्ष बम थापा सूर्यवंशीमगर, मगर संघ युकेका अध्यक्ष सीता पुनमगर र अन्य अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो।

दुरा सेवा समाज युकेका अध्यक्ष फर्म बहादुर दुराको अध्यक्षतामा संचालित कार्यक्रमलाई महासचिब हिमानसिङ दुराले संचालन गरेका थिए ।१६ औ वार्षिक उत्सव तथा नेपाली नयाँ वर्ष २०८१ नेपालबाट आएको कलाकारहरूको प्रतुति र स्थानियहरुको मौलिक ठाडो भाका प्रस्तुतीले कार्यक्रम अति आकर्षक बनेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!