
गत बर्षहरुमा झैँ यस बर्ष पनि गोर्खा म्युजियम र हिलियर गार्डेनको भिजिट सनिवार ११ मे २०२४ दिन राखिएको छ।
उक्त गोर्खा म्युजियम र हिलियर गार्डेनको भिजिट कार्यक्रममा सहभागी भैदिन बेलायतवासी नेपालीहरुलाई समाजसेवी कमल पुर्जाले सामाजिक संजाल र बिएफबिएस गोर्खा रेडियोबाट सुचना सम्प्रेसन गरेका छन।
गोर्खा म्युजियम भिजिटको लागि समय बिहान ९ बजेदेखि १०३० बजेसम्म तोकिएको छ भने शुल्क जम्मा £२ राखिएको छ। तर अन्य समयमा हो भने £५ शुल्क लाग्ने छ पुर्जाले भनेका छन । गोर्खा म्युजियमको ठेगाना यस प्रकार छ: Peninsula Barracks, Romsey Road, Winchester, Hants SO23 8TS
हिलियर गार्डेनको भिजिट गर्ने समय १०३० बजेदेखि राखिएको छ भने शुल्क जम्मा £२ राखिएको छ। तर अन्य समयमा हो भने £११ शुल्क लाग्ने जानकारी कमल पुर्जाले दिएका छन । हिलियर गार्डेनको ठेगाना यस प्रकार छ : Jermyns Lane, Amfield, Romsey, Hants, SO51 0QA
उक्त दिनको प्रमुख अतिथि हाम्सयर काउन्टी काउन्सिलका लिडर रब हाम्बी रहने छन भने अन्य अतिथिहरुमा मेयर र काउन्सिलरहरुको उपस्थिति रहने छ। प्रमुख अतिथिलगायत सम्पूर्ण उपस्थित महानुभाबहरुलाई धौलागिरी नौमती बाजाले नेपाली चौतारीमा पुराउने छ। नेपाली चौतारीमा हिलियर गार्डेनका डाइरेटर श्रीमती कलार गडाडले स्वागत मन्तब्य दिनेछन भने प्रमुख अतिथि हम्बीले आफ्नो मन्तब्य दिनेछन।
मन्तब्य दिने कार्यक्रम पश्च्यात बिगतका बिभिन्न युद्धमा ज्यान गुमेका दिबंगत आत्माहरुको चिर शान्तिको लागि बिगुलरले लाष्ट पोस्ट खेले पछि दुइ मिनेट साइलेन गरिने भएको छ।
गोर्खा म्युजियम र हिलियर गार्डेनको भिजिट कार्यक्रममा नेपालबाट बेलायत आएका कलाकारहरु मनमाया वाइबा, ललिता पुन, भूमिका शाह, योग्य बिके, जमुना राना, शृजना खत्रीलगायत स्थानीय कलाकारहरु मन्सुदन थापा, क्याप्टेन बिर थापा, चिना थापा र धौलागिरी नौमती बाजाले आ-आफ्नो प्रस्तुति प्रस्तुत दिने छन।






