
दुर्गा थापा PCSO – बेलायत
अपराधको ठुलो हिस्सा अवसरवादीहरूद्वारा घटाईन्छ। आफुलाई अनि आफ्नो सम्पत्ति को सुरक्षा गर्न निम्न लिखित सरल उपायहरु अपनाएर आफैलाई मद्दत गर्नुहोस्:
१. घरबाट निस्कदा सधैं ढोका र झ्यालहरूमा चाबी लगाउनु होस् र चाबी हटाउनुहोस्। तपाई घरमा या घर पछाडिको बगैंचामा हुँदा आफ्नो घरको ढोका र झ्यालहरु सधैं बन्द गर्नुहोस्। यदि तपाईंको UPVC ढोका छ, भने ढोका को ह्यान्डल उठाई बन्द गर्न साँचो घुमाउनु होला।
२. घर बाहिर बत्ती जडान गर्ने विचार गर्नुहोस्, जसले अपराधीहरू लाई रोक्न मद्दत गर्नेछ। यदि तपाई बाहिर हुनुहुन्छ भने टाइमर स्विचमा बत्ती वा रेडियो जडान गरि राख्नुहोस्। यसो गर्दा घरमा कोही भएको भान हुन्छ।
३. आफ्नो गाडी मा कुनै पनि बहुमुल्य सामानहरू नछोड्नु होस्।
४. प्रत्येक पटक तपाईले आफ्नो गाडी छोड्दा सबै ढोका र झ्यालहरू बन्द गरि लक छन् भनी सुनिश्चित गर्नुहोस्। यदि तपाई को गाडी मा अलार्म जडान गरिएको छ, भने त्यसलाई सक्रिय बनाउनुहोस्।
५. www.immobilise.com मा बहुमुल्य वस्तुहरू नि:शुल्क दर्ता गर्नुहोस्। यदि तपाईको सम्पत्ति हराउंदा वा चोरी भए पछि भेटिदा, यस रजिस्टर को मद्धतले वापस गर्न सजिलो हुने छ।
६. तपाई बस्ने क्षेत्र को अपराधिक गतिविधि हरु बारे नि:शुल्क सामुदायिक जानकारी प्राप्त गर्न ह्याम्पशायर अलर्ट मा (Hampshire alert) दर्ता गर्नुहोस्।
७. केहि उपयोगी फोन नम्बरहरु यस प्रकार छन:
पुलिस आपतकालिन: 999
गैर पुलिस आपतकालिन:101






