
लन्डन ८ जुन २०२४ । स्विन्डन कप नाइन ए साइड फुटबल प्रतियोगिता आगामी जुलाई १३ तारिख २०२४ मा हुने भएको छ ।
नेपाली समाज विल्शायर स्विन्डनको आयोजनामा बकहर्स्ट कम्युनिटी सेन्टर स्विन्डनमा मुख्य टिम र भेट्रान विधा (३७ वर्षभन्दा माथिका) मा प्रतिस्पर्धा गर्न लागिएको हो । प्रतियोगितामा मुख्य टिमतर्फ प्रथम हुनेलाई १८ सय पाउन्ड र दोस्रो हुनेलाई १ हजार पाउन्ड नगद पुरस्कार, प्रमाणपत्र लगायत प्रदान गरिनेछ ।
यस्तै भेट्रानतर्फ प्रथमले १ हजार र द्वितीले ६ सय पाउन्ड पुरस्कार प्राप्त गर्न नेपाली समाज विल्शायर स्विन्डनका अध्यक्ष ज्ञान गुरुङले जानकारी दिए । उनका अनुसार टिम दर्ताका लागि दुवै विधामा २ सय पाउन्ड शुल्क तोकिएको छ ।
प्रतियोगिता सम्बन्धमा थप जानकारी लिन ज्ञान गुरुङ, राजन मल्ल, अभिनास गुरुङ, जेनिस थापा, तारा लिम्बु र रुपा गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।






