तमु धिं यूकेको रजत महोत्सवमा तथा ल्होछार कार्यक्रममा नेपालका लोकप्रिय तथा चार्चित लोक पप गायिका तृष्णा गुरुङ र उनको The Collab Band को बेजोड प्रस्तुति रहने ल्होछार कार्यक्रमका प्रमुख संयोजक तथा उपाध्यक्ष कमला गुरुङले अबगत गराएका छन्।
उक्त रजत महोत्सवमा तथा ल्होछार कार्यक्रममा नेपालबाट आउने अन्य कलाकाहरु आशराम गुरुङ र राज बहादुर गुरुङ रहेका छन् भने प्रथम गुरुङ जापानबाट आउने छन्। नेपालबाट आएकी अतिथि कलाकार सज्जा चौलागाईलगायत स्थानीय कलकारहरुको पनि प्रस्तुति रहने भएको छ।
उक्त सम्पूर्ण कलाकारहरुको बेलायतको लागि प्रवेशाज्ञा जारी भैसकेको प्रमुख संयोजक कमल गुरुङले जानकारी दिएका छन्।
यस बर्षको ल्होछार कार्यक्रम सनिवार २८ डिसेम्बर २०२४ ह्यारो लेजर सेन्टरमा ठिक दिनको ३ बजे शुरु हुने प्रमुख संयोजक गुरंगले बताएका छ छन्।
गुरुङले बेलायतवासी सम्पूर्ण तमुहरुलाई उक्त रजत महोत्सवमा तथा ल्होछार कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल बनाइदिनहुन अनुरोध गरेका छन्।






