
लन्डन २४ डिसेम्बर २४ । मनोक्रान्ति टीम युकेको आयोजनामा भइरहेको ज्ञान, योग र ध्यान शिविरको आज मंगलबार तेस्रो दिनमा सञ्चालन हुँदैछ ।
मनोक्रान्ती प्रणेता गुरु डा. योगी विकाशानन्दले जुम भर्चुअलमार्फत प्रस्तुतिकरण दिइरहेको ५ दिने ज्ञान, योग सेमिनार शिविर अब २६ तारिखसम्म जारी रहनेछ । दोस्रो दिनको शिविरमा नेपाल, स्पेन, नर्दन आइरल्यान्ड, नेदरल्यान्ड र युके गरी जम्मा ६२ जना सहभागी भएको योग प्रशिक्षक नगेन्द्र नेम्बाङले जानकारी दिए । दोस्रो सेसनसम्ममा फाइभ गोल्डेन रुल्स अफ ल को प्रशिक्षण दिइसकेका छन् ।

सेमिनारको मुख्य उद्देश्य परिवारिक सु-सम्बन्ध गाढा बनाउने, परिवारिक झै झगडा, डिप्रेसन, एन्जाइटी, डिसअर्डर हुनुबाट
जोगिनुका साथै भौतिक रुपमा सम्पत्तिवान, मानसिक रुपमा शान्त र आनन्द जीवन प्राप्तिको लागि रहेको आयोजकले जनाएको छ । भर्चुअल प्रशिक्षण एवं प्रवचन दिइरहेका डा योगी विकाशानन्द केही महिनापछि बेलायत आउने तयारी रहेको समेत जनाइएको छ ।






