बेलायत भ्रमणका लागि प्रस्थान गरे तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ

SHARE:

लन्डन २५ डिसेम्बर २०२४ । तमु धीं यूकेको निमन्त्रणामा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ बेलायतका लागि प्रस्थान गरेका छन् ।

तमु धिं युकेको रजत जयन्ती ल्होछार समारोहमा भाग लिन गुरुङ बुधबार बिहान २५ डिसेम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बेलायततर्फ लागेका हुन् । उनी सोमबार नै पोखराबाट काठमाडौं पुगेका थिए ।

पोखाराबाट प्रस्थान अघि अध्यक्ष गुरुङले तमु नेपालका वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङलाई कार्यभार सुम्पिएका थिए भने अध्यक्ष गुरुङलाई तमु धिं नेपाल, तमु धिं नेपाल केन्द्रीय युवा समिति, तमु धिं नेपाल केन्द्रीय युवा समिति, तमु कलाकार संघ गण्डकी, गुरुङ फिल्म एशोसियन नेपाल जिफान, रेडियो गोर्खाली लगायतले शुभयात्रासहित बिदाई गरे ।

तमु धीं युकेको रजत जयन्ती तमु ल्होछार समारोह यही डिसेम्बर २८ तारिखमा लण्डनमा हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!