कर्मा पहाडी शेर्पा
लण्डन । बेलायतमा बस्ने नेपालीहरुले स्थापना गरेको संस्था प्रतिभा नक्षत्रको हालै तेश्रो सम्मेलन सम्पन्न भएकोछ | गत आईतवार २२ डिसेम्बरको दिन दक्षिण पुर्बी बेलायतको वूल्विच स्थित ब्रेसफोर्ड सडकमा रहेको रिभरसाइड भवनमा भएको सम्मेलनले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
प्रबासमा बसोबास गर्ने नेपाली बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले हरेक वर्ष “प्रतिभा नक्षत्र” को आयोजना गर्दै आएको ऊक्त संस्थाको तेस्रो अधिवेशनले आगामी दुई वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकोछ | ऊक्त अधिवेशनबाट उपाध्यक्षमा विजया दाहाल भण्डारी, महासचिवमा कर्मा पहाडी शेर्पा, सह–सचिवमाद्धय डा. विना घिमिरे र सत्य प्रजापति निर्वाचित हुनुभएको छ । यस्तै कोषाध्यक्ष आस्था जोशी , सह–कोषाध्यक्षमा सेवा राई निर्वाचित हुनुभएको छ भने दिपक मैथाने मगर संस्कृति विभागमा आउनुभएको छ ।
सदस्यहरुमा दिर्घ केसी, जिवन शाही, सूर्य विक्रम केसी, अर्जुन शाही, प्रकृति श्रेष्ठ, सुरज गिरी, समु भारती, धनजित चौधरी, छविन चौधरी, राजेन्द्र खस, शम्भु गौतम र यूरोप इन्चार्जमा सान्डि भण्डारी रहनुभएको छ ।
टोम अधिकारी संयोजक र टेक बहादुर थापा ‘बुद्धप्रिया’ सदस्य सचिव रहेको निर्वाचन समितिले निर्बिरोध निर्वाचित समितिको घोषणा गरेको थियो |






