लम्जुङ समाज युकेले लम्जुङगे कलाकारहरुलाई स्वागत तथा बिदाई गरे

SHARE:

 

कुमार गुरुङ – बेलायत

लम्जुङ समाज युकेले गत सुक्रवार २७ डिसेम्बर २०२४ का दिन तमु धिं भवन मिचेटमा लम्जुङगे कलाकारहरुलाई स्वागत तथा बिदाई गरेका छन्।

लम्जुङगे कलाकारहरु गायकहरु आशराम गुरुङ, राज बहादुर गुरुङ र नृत्य निर्देशक पबित्रा गुरुङ तमु धिँ यूके र तमु प्ये ल्हु संघ यूकेको ल्होछार/ल्होसारको निमन्त्रणामा नेपालबाट बेलायत आएका थिए।

लम्जुङ समाज युकेका अध्यक्ष दल बहादुर गुरुङले उक्त कलाकारहरु आशराम गुरुङ, राज बहादुर गुरुङ र पबित्रा गुरुङलाई खडा र मायाको चिनो प्रदान गर्दै स्वागत तथा बिदाइ गरेका थिए।

अध्यक्ष गुरुङले कलाकारहरुको हौसलाको लागि उपस्थित भएका पदाधिकारी, कार्यसमिति, आमा समुहकी अध्यक्ष, संस्थापक अध्यक्ष, पूर्वाध्यक्षहरू, सलाहकारहरू र सम्पूर्ण लमजुंग समाजका सदस्यहरूलाई धन्यवाद दिदै ल्होछार/ल्होसार तथा नयाँबर्ष २०२५ को शुभकामना व्यक्त गरेका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!