रमेश शाही – बेलायत
प्रवासी एकता समाज (पानस) बेलायतले नेपाल राष्ट्र निर्माता श्री ५ पृथिवी नारायण बिरबिक्रम शाहदेवको ३०३ औं जन्म जयन्ति तथा शुभ-जन्मोत्सव मनाउने भएको छ।
पृथिवी जन्म जयन्ति तथा शुभ-जन्मोत्सव कार्यक्रम सनिवार ११ जनवरी २०२५ को दिन बेलायतको अल्डरसटस्थित ठमेल दोहोरी रेष्टुरेन्टमा दिनको ठिक १ बजे देखि शुरु हुने भएको छ।
संस्थाका कार्यबाहक अध्यक्ष डा. डेबिट थापाले बेलायतवासी सम्पूर्ण राष्ट्रबादी र देश प्रेमी नेपालीहरुलाई उक्त पृथिवी जन्म जयन्ति तथा शुभ-जन्मोत्सव कार्यक्रममा उपस्थित भैदिनहुन अनुरोध गरेका छन्।
अन्य जानकारीको लागि संस्थाका महासचिब रमेश शाहीलाई 07411 744809 मा सम्पर्क गर्न अनुरोध गरीएको छ।






