मगर समुदायको सांस्कृतिक पर्व माघ्या सकराती तथा माघे संक्रान्ति पर्वको तयारी

SHARE:

 

बेलायत – मगर समुदायको सांस्कृतिक पर्व माघ्या सकराती तथा माघे संक्रान्ति पर्व नजिकिदै गर्दा बेलायतमा स्थापित मगर संघ युकेका शाखा संगठनहरु माघ्या सकराती तथा माघे संक्रान्ति पर्व मनाउनको लागि बेलायतको बिभिन्न शहरहरुमा तयारी जुटेका छन्।

मगर संघ युके यूनाइटेड हाम्सायर, सरे, वाक्सायर (युएचएसबी) शाखाको माघ्या सकराती तथा माघे संक्रान्ति कार्यक्रम सनिवार ११ जनवरी २०२५ को दिन बेलायतको फानबोरोस्थित स्यामुल कोडी सपोर्ट कलेजमा गर्ने भएको छ।

उक्त पर्वमा चर्चित लोक गायक प्रसाद खाप्तरी मगर, चर्चित गायिका तथा नायिका देबी आले मगरलगायत सथानीय कलाकार र गुल्मी नौमती बाजाले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने मगर संघ युके युएचएसबी शाखाका सचिब गणेश बुराथोकी मगरले अबगत गराएका छन्।

माघ्या सकराती तथा माघे संक्रान्ति कार्यक्रमको पहिलो चरणमा पितृपूजा गरिने छ भने दोस्रो चरणमा औपचारिका कार्यक्रम रहेको छ। तेस्रो चरणमा सांस्कृति कार्यक्रम प्रस्तुत गरिने छ।

मगर संघ युके, युएचएसबी शाखाका अध्यक्ष ऋषिराम राना मगरले माघे संक्रान्ति पर्व सम्पूर्ण नेपालीहरुले मनाउने भएको हुदा उक्त दिन सम्पूर्ण नेपाली दाज्युभाइ तथा दिदि बहिनीहरुलाई उपस्थिति भई बेलायतवासी मगरहरुसंग माघे संक्रान्ति मनाइदिनहुन आग्रह गरेका छन्।

त्यस्तै मगर संघ युके, वेल्स शाखाका अध्यक्ष महादेव थापा मगरले यस पटकको माघ्या सकराती तथा माघे संक्रान्ति वेल्स राज्यको खुमरान भन्ने शहरमा मनाउने कार्यक्रम राखिएको बताएका छन्। कार्यक्रमको संयोजक तथा उपाध्यक्ष चोक थापा मगरलाई जिम्मेवारी दिएको बताएका छन्।

माघे संक्रान्ति कार्यक्रममा चर्चित लोक दोहोरी गायक पवन राना मगर र स्थानीय कलाकारहरुले सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने अध्यक्ष थापा मगरले बताएका छन्।

मगर संघ युके केन्ट शाखाले पनि माघ्या सकराती तथा माघे संक्रान्ति कार्यक्रम सनिवार १८ जनवरी २०२५ का दिन बेलायतको केन्टस्थित हकिङ कम्यूनिटी हलमा आयोजना गरेको अध्यक्ष मेजर प्रेम आले एनभिओ ले अबगत गराएका छन्।

उक्त कार्यकममा चर्चित लोक गायकहरु प्रसाद खाप्तरी मगर र मनसुधन थापा मगर, चर्चित दोहोरी गायिकाहरु देबी आले मगर र बबिकला घर्ति मगरलगायत स्थानीय कलाकारहरुको सांगीतिक कार्यक्रम प्रस्तुति गरिने बताएका छन् ।

त्यस्तै मगर संघ युकेका स्वीन्डन, साउथ हाम्सायर, रेडिङ, वेष्ट लन्डन, वेम्ब्ली, लन्डन, मिडल्याण्ड, पलमस्टेड र क्याट्रिक शाखा पनि माघ्या सकराती तथा माघे संक्रान्तिको तयारीमा जुटेको खबर प्राप्त भएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!