नेपाली प्रतिनिधिहरुले राखेको बिषय बस्तुहरुमा बेलायती मन्त्रि खास्सै खुल्न सकेनन्।

SHARE:

 

चिम्खोले काईला – बेलायत

सोमवार १३ जनवरी २०२५ को दिन नेपाली कांग्रेसका बरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाको Parliamentry Under – Secretary of State at the Foreign, Commonwealth and Development Office हेर्ने विदेश मन्त्रि Catherine West र Parliamentry Under – Secretary of State Minister for Service, Small Bussiness and Exports उद्योग, व्यापार, बाणिज्य हेर्ने मन्त्रि Gareth Thomas संग House of Common मा भेटवार्ता भएको छ।

विदेशमन्त्री क्याथराईन वेष्ट र उद्योग, व्यापार, बाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणा कांग्रेस पार्टीका वरिष्ठ नेता डा शेखर कोइराला बेलायत आएका थिए।

उक्त भेटवार्तामा नेपालको तर्फबाट डा. शेखर कोइराला, प्रोफेसर सुर्य सुवेदी र वार्ताका संयोजक आरके त्रिपाठीले बिभिन्न कोणबाट बेलायत र नेपाल बीच ब्यापार, दोहोरो कर प्रणाली, जलवायु परिवर्तन र भुतपुर्बक गोर्खाहरुको समान पेन्सनको समस्याको बारेमा कुरा राखेका थिए। तर बेलायतको तर्फबाट मन्त्रि वेष्टले नेपाल, नेपाली र भुतपुर्बक गोर्खाहरुको बारेमा धेरै उच्च सम्मान व्यक्त गरेतापनि उनि उक्त बिषय बस्तुहरुमा खास्सै खुल्न सकेनन्।

भेटवार्तामा उपस्थित महानुभाबहरुको तर्फबाट पत्रकार भगिरथ योगी, चार्टर एकाउण्टेण्ट एलन पाण्डे, सैलेन्द्र श्रेष्ठ र ले. चन्द्र गुरुङले क्रमश: बेलायतका प्रधान मन्त्रीलाई नेपाल भ्रमणको लागि निम्तो, दोहोरो कर प्रणाली, जलवायु परिवर्तन र भुतपुर्बक गोर्खाहरुको समान पेन्सनको समस्याको बारेमा कुरा राखेका थिए। फेरि पनि मन्त्रि वेष्ट उक्त बिषयहरुमा खुल्न सकेनन्।

मन्त्रि वेष्ट र सांसद ग्यारेथ थोमसलाई सम्पूर्ण नेपालीहरुको तर्फबाट डा. कोइरालाले खडा, फूलको गुच्छा, पस्मिना, बुद्धको पोट्रेट उपहार र नेपालको झण्डा ओडाएर सम्मान गरेका छन्।

संयोजक आरके त्रिपाठीले संचालन गरेको भेटवार्ता कार्यक्रमलाई अर्का संयोजक रमेशसिङ साराङकोटीले सहजकर्ताको भुमिका निर्बाह गरेका थिए भने कार्यक्रममा झन्डै एकसय जना लब्ध प्रतिष्ठित तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

भेटवार्ता कार्यक्रममा अर्का संयोजक रमेशसिङ साराङकोटीले छलफल गरिएको बिषयहरुको ज्ञापन पत्र मन्त्रि वेष्टलाई बुझाएका छन् भने संयोजक त्रिपाठीले भेटवार्ता कार्यक्रम जारी राख्ने मनसाय राखेका छन् । ज्ञापन पत्र तल प्रकाशित गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!