बेलायत
मगर संघ युके यूनाइटेड हाम्सायर, सरे, वाक्सायर (युएचएसबी) शाखाको माघ्या सकराती तथा माघे संक्रान्ति कार्यक्रममा चर्चित लोक गायक प्रसाद खाप्तरी मगर, चर्चित गायिका तथा नायिका देबी आले मगरले गत सनिवार ११ जनवरी २०२५ को दिन बेलायतको फानबोरोस्थित स्यामुल कोडी सपोर्ट कलेजमा सांगीतिक धमका मच्चाएका छन्।
माघ्या सकराती तथा माघे संक्रान्ति कार्यक्रमको पहिलो चरणमा संस्थाका सल्लाहकार ओम थापा काउचाको नेतृत्वमा पितृपूजा गरिएको थियो भने दोस्रो चरणमा औपचारिक कार्यक्रममा आपतकालीन सम्बन्धि सूचना, आशनग्रहण, दिप प्रजलन, राष्ट्रिय धुनलगायत दिबंगत आत्माहरुको चिरशान्तिको लागि मौनधारण गरिएको थियो ।
औपचारिक कार्यक्रममा मगर संघ युकेका अध्यक्ष तथा प्रमुख अतिथि सीता पुन मगर, बिशेष अतिथि लेफ्टेनेन्ट कर्नेल देबिन्द्र आले र मगर संघ युकेका निबर्तमान अध्यक्ष तथा युएचएसबी शाखाका संथापक अध्यक्ष सुनिल राना मगरले शुभकामना मन्तब्य दिएका थिए भने मगर संघ युके, युएचएसबी शाखाको अध्यक्ष ऋषिराम राना मगरले माघ्या सकराती तथा माघे संक्रान्तिको शुभकामना व्यक्त गर्दै उपस्थित सम्पूर्ण नेपाली दाज्यु भाई तथा दिदी बहिनीहरु र माघ्या सकराती तथा संस्थाका उपाध्यक्ष तथा माघे संक्रान्ति संयोजक बिर बलालल र उनको टिमलाई धन्यवाद ज्ञापन गरेका थिए।
उक्त कार्यक्रममा सन् २०२४ सालमा बिभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका सदस्यहरु, बिद्यार्थीहरु र कलाकार हरुलाई सम्मान गरेका थिए।
माघ्या सकराती तथा माघे संक्रान्ति कार्यक्रमको तेस्रो चरणमा चर्चित लोक गायक प्रसाद खाप्तरी मगर, चर्चित गायिका तथा नायिका देबी आले मगरलगायत स्थानीय कलाकारहरु र गुल्मी नौमती बाजाले सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए। सांस्कृतिक कार्यक्रम मगर संघ युकेका निबर्तमान ट्रष्टी गोमा राना मगर र मगर संघ युके युएचएसबी शाखाका सचिब गणेश बुराथोकी मगरले संचालन गरेका थिए।
मगर संघ युके, युएचएसबी शाखाका अध्यक्ष ऋषिराम राना मगरले अध्यक्षता गरेको माघे संक्रान्ति पर्वको स्वागत मन्तब्य उपाध्यक्ष बिर बलाल मगर र महिला उपाध्यक्ष धना रोक मगरले स्वागत मन्तब्य दिएका थिए भने सचिब गणेश बुराथोकी मगरले संचालन गरेका थिए।









