
शनिबार २१ जुन २०२५ – बेलायत । प्रवासी नेपाली संघ (मोना) युकेको “मोना युके भलिबल प्रतियोगिता २०२५” सम्पन्न भएको छ। प्रतियोगिता शनिवार २१ जुन २०२५ को दिन बेलायतको रसमर सेन्ट फुटवल क्लबमा आयोजना भएको हो ।
मोना युके भलिबल प्रतियोगितामा मेन टिमतर्फ बाग्लुङ भलिबल क्लब युकेले प्रथम स्थान ओगट्दै £२०००, पुरस्कार प्राप्त गर्न सफल भएको छ भने रनरअप मोना भलिबल क्लब युकेले £१३०० प्राप्त गर्न सफल भएको छ।
त्यस्तै महिला टिमतर्फ मोना महिला भलिबल क्लब युकेले प्रथम स्थान हासिल गर्दै £१२००, पुरस्कार प्राप्त गर्न सफल भएको छ भने रनरउप सलिजा महिला भलिबल क्लब युकेले £८०० प्राप्त गर्न भएको छ।
भेट्रान टिमतर्फ ग्रिनविज भलिबल क्लब बिजयी हुदै £११०० पुरस्कार प्राप्त गर्न सफल भएको छ भने रनर अप स्यांग्जा भलिबल क्लबले £७०० प्राप्त गर्न सफलभ एको छ।
त्यस्तै छेलो प्रतियोगितामा निरज गुरुङ प्रथम भएका छन। उक्त नातिजाहरुको जानकारी मोना युकेका अध्यक्ष पदम सुन्दर गर्बुजा, वरिष्ठ उपाध्यक्ष लाल बहादुर पुन मगर (लालु) र खेलकुद सचिब टेक बुराथोकी मगरले दिएका हुन् ।
मोना युकेका अध्यक्ष पदम सुन्दर गर्बुजा, प्रमुख अतिथि एनआरएनए युकेका अध्यक्ष प्रेम गाह मगर, विशेष अतिथिहरु र प्रायोजकहरुले बिजयी तथा उपबिजयी टिमहरुलाई पुरस्कार वितरण गरेका छन्।
स्मरण रहोस् – मोना भलिवल क्लब युकेको मेन टिमको शिल्ड निवर्तमान उपाध्यक्ष होम रोका मगरले प्रदान गरेका हुन् भने भेट्रान टिमको शिल्ड वरिष्ठ उपाध्यक्ष लाल बहादुर पुन मगर (लालु) ले प्रदान गरेका हुन्। त्यस्तै मोना युके महिला भलिवल टिम युकेको शिल्ड अध्यक्ष पदम सुन्दर गर्बुजा मगरले प्रदान गरेका हुन्।








