‘नेपाल अन डिमाण्ड’ नामक एप्स सार्वजनिक

SHARE:

एटा संवाददाता
फार्नबोरो । म्यूजिक नेपालले ‘नेपाल अन डिमाण्ड’ नामक एप्स सार्वजनिक गरेको छ । गत आइतबार १४ अगष्टका दिन फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा सो एप्सको संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले एप्स वटनमा क्लिक गरी सार्वजानिक गरेका हुन् ।

२०३९ सालमा सुरुआत गरेको म्यूजिक नेपालले दर्शकहरुको मागलाई ध्यानमा राखी नेपाली भाषा, कला र संगीत समेटिएको विभिन्न गीत तथा संगीत, चलचित्र र प्रत्यक्ष टेलिभिजन प्रशारण लगायत मनोरञ्जनको प्याकेज सहित सो एप्स बजारमा ल्याइएको हो । सात दिनसम्म निःशुल्क हेर्न मिल्ने र इच्छा लागे ग्राहक बन्नसक्ने नलागे जति बेला पनि बन्द गर्न सकिने सो एप्सका लागि ग्राहकले प्रतिमहिना ७ पाउन्ड ९९ पेन्स बुझाउनु पर्दछ । सो शुल्कबाट आएका आम्दानीको केही प्रतिशत हेल्प नेपाल नेटवर्कलाई सहयोग गरिने म्यूजिक नेपालका प्रमुख कार्यकारी अधिकारी सन्तोष शर्माले जानकारी दिए ।

कार्यक्रममा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. सुवेदीले सो एप्सले सबै नेपालीहरुलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै हेल्प नेपाल नेटवर्कले गर्दै आएको विभिन्न कार्यहरुको प्रशंसा गरे । उनले म्यूजिक नेपालले नेपालको सांगीतिक क्षेत्रको इतिहासमा नाम लेख्न सफल भएको बताए । साथै, उनले नेपाली दूतावास लण्डनले एक वर्षका लागि म्यूजिक नेपालको ग्राहक बन्ने उद्घोष गरे ।

सो अवसरमा जीनर्जीका प्रमुख कार्यकारी अधिकारी मेजर (रि) टिकेन्द्र दल देवान जेपीले जीनर्जीले म्यूजिक नेपालसँग सहकार्य गर्ने जनाए । त्यस्तै, वरिष्ठ गायिका मिरा राणाले डिल्लीबजार काठमाडौंबाट एउटा सानो कोठाबाट म्यूजिक नेपालको जन्म भएको स्मरण गर्दै म्यूजिक नेपालले नेपाली संगीतिक क्षेत्रको विकासमा गरेको कार्यको प्रशंसा गरिन् । त्यस्तै, हिमालयन ट्रष्टकी सस्सा मेकानले ट्रष्टले नेपालमा गर्दै आएको कार्यको बारे जानकारी गराएकी थिइन् ।
कार्यक्रममा सो एप्सको निर्माणमा बिशेष भूमिका खेलेका रबि दानीले एप्सको बिशेषताको बारेमा जानकारी गराएका थिए । त्यस्तै, कार्यक्रममा हेल्प नेपालका सल्लाहकार सूर्य गुरुङले सबै सहभागीहरुलाई धन्यवाद दिँदै हेल्प नेपालले गर्दै आएको विभिन्न कार्यहरुको बारेमा जानकारी दिएका थिए । उनले हेल्प नेपाल नेटवर्कलाई करीब ३०० जनाले डाईरेक्ट डेविड गरिरहेको जनाए ।

कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष पुनम गुरुङ, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेकी अध्यक्ष प्रमिला लाबुङ्ग राई, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष जीव बेल्वासे, उपाध्यक्ष रन्जिता मल्ल, तमुधिं युकेका सल्लाहकार पूर्व प्रअ एकेन्द्र गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा म्यूजिक नेपालका प्रमुख कार्यकारी अधिकारी सन्तोष शर्माले राजदूत सुवेदी तथा पूनम राज्यलक्ष्मी सुवेदी, वरिष्ठ गायिका राणा, जीनर्जीका प्रमुख कार्यकारी अधिकारी मे.रि. देवान, हेल्प नेपालका सल्लाहकार गुरुङलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

म्यूजिक नेपालका प्रमुख कार्यकारी अधिकारी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेल्प नेपाल नेटवर्कका कोषाध्यक्ष सचिन श्रेष्ठले स्वागत मन्तब्यको क्रममा हेल्प नेपालले सन् १९९९ बाट नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको बताए । सो कार्यक्रम हेल्प नेपालका मिडिया संयोजक भगीरथ योगीले संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!