नेपाल कप कुइंस गोरखा सिग्नलको पोल्टामा

SHARE:

सनिवार ०५ जुलाई २०२५ – बेलायत । नेपाल कप २०२५ को उपाधि कुइंस गोरखा सिग्नल (क्यूजीएस) को पोल्टामा परेको छ। क्यूजीएस र कुइन्स ओन गोर्खा लोजेस्टिक रेजिमेन्ट (यूओजीएलआर) बीच भएको फाइनल खेलमा क्यूजीएसले यूओजीएलआरलाई २ – ० गोलले पराजित गरेर बिजयी बन्न सफल भएको छ ।

यस वर्षको काठमाडौँ कप (भेट्रान कप) कुइन्स गोर्खा इन्जिनियर (क्यूजिइ) ले हात पर्न सफल भएको छ। क्यूजिइले रोयल गोर्खा राइफल्स (आरजीआर) लाई पेनाल्टी सटमा ३ – १ गोलले पराजित गर्दै काठमाडौँ कपको बिजयी बन्न सफल भएका हुन्। क्यूजिइले काठमाडौँ कप तथा भेट्रान कप लगातार तिन वर्ष जितेको छ।

त्यस्तै महिला भलिवलमा गोर्खा आरकले गोर्खा कम्पनि सिटाङलाई हराउदै बिजयी बन्न सफल भएको छ भने उपविजेता गोर्खा कम्पनि सिटाङ बन्न सफल भएको छ । नेपाल कप बेलायतको अल्डरसटस्थित कुइन्स एभेन्यूको फुटवल मैदानमा सम्पन्न भएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!