जयराम तामाङ
सुइन्डन १४ जुलाई २०२५ । नेपाली समुदायमा लोकप्रिय सुइन्डन फुटबल कप भव्यताका साथ सम्पन्न भएको छ । नेपाली समाज विल्टसायरको आयोजनामा यही जुलाई १२ तारिख शनिबार सुइण्डनस्थित न्यु कलेजको खेलकुद मैदानमा सम्पन्न उक्त प्रतियोगितामा भेट्रानतर्फ १० वटा टिम र मेन क्याटगोरीतर्फ १५ वटा टिमले प्रतिस्पर्धा गरेका थिए ।
टन्टलापुर घाममा बिहान ९ बजेदेखि बेलुकाको ९ बजेसम्म लिग सिस्टम हुँदै फाइनल खेल भएको थियो । खेलमा भेट्रानतर्फ ईलाम एफसी विजेताको लागि एक हजार पाउन्ड नगद , मेडल र ट्रफी अनि उपविजेता खामला लुङ्ग तथा फस्ट रनर अपका लागि मेडल संस्थाका पदाधिकारीहरूले प्रदान गरेका थिए ।
त्यस्तैगरी मुख्य क्याटगोरीमा विजेता केन्नी एफसी समूहलाई दुई हजार पाउन्ड नगद , मेडल र ट्रफी अनि फस्ट रनर अप तथा उपविजेता नर्थ हल नेपाली एफसीले एक हजार नगद तथा मेडल संस्थाका विभिन्न पदाधिकारीहरूले प्रदान गरेका थिए ।
भेट्रान तर्फ बेस्ट प्लेअर तारामान गुरुङलाई र धेरै गोल गर्नेमा बिक्रम देवानलाई अवार्ड दिइएको थियो । त्यसैगरी मुख्य क्याटगोरीमा धेरै गोल गर्नेमा फिलिप दियाज र बेस्ट प्लेअरमा पदम घले घोषित भए ।
प्रमख अतिथि विल्टशायर एफसीका साइमनको प्रमुख आतिथ्यमा सम्पन्न सुइन्ड कपका कार्यक्रमलाई नेपाली समाज विल्टशायरका सल्लाहकार भवानी गुरुङले संचालन गरेका थिए । विभिन्न संघ संस्थाहरुले प्रयोजन गरेको उक्त कार्यक्रममा विभिन्न किसिमका स्टलहरु पनि राखिएको थियो ।
खेलको अन्त्यमा एनएनएफसी (०-२) र एफसी केन्नीबीच खेल हुँदै गर्दा केही खेलाडीहरुबीच विवाद भए पछि केही समय बाँकी हुँदै रेफ्रीले खेल खेल्न नसकिने भनी खेल बन्द गरेको थियो । विल्टशायर नेपाली समाजका अध्यक्ष रञ्जन मल्लले खेलाडीहरुलाई संयमित भएर खेल्न अनुरोध गरेका थिए ।







