सनिवार ९ अगष्ट २०२५ – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले आयोजना गरेको “३१ औं आदिवासी तथा मूलवासी भलिवल प्रतियोगिता” को पुरुष मेन समुहको र भेट्रान समुहको दुवै कप ग्रिनविच भलिवल कलब युकेको पोल्टामा परेको छ भने उपविजेता क्रमश: मोना युके भलिवल कलब र स्यांग्जा भलिवल कलब युके बनेका छन्।
त्यस्तै महिला समुह तर्फ मोना युके महिला समुह बिजयी बनेका छन् भने विन्चेस्टर महिला भलिवल कलब उपविजेता बनेको नेफिन युकेका निवर्तमान अध्यक्ष तथा भलिवल प्रतियोगिताको संयोजक कर्मा पहाडी शेर्पाले जानकारी दिएका छन्।
“३१ औं आदिवासी तथा मूलवासी भलिवल प्रतियोगिता” बेलायतको गेम्वल लेनस्थित किरात हाउसको मैदानमा सम्पन्न भएको छ। नेफिन युकेका अध्यक्ष मेजर योगेश कोयी राई, सल्लाहकार भक्त बहादुर दुरा, उपाध्यक्ष बिमला कोयी राई, महासचिव फ्रम बहादुर दुरा र सल्लाहकार मन बहादुर गुरुङको वाहुलीवाट बिजेता, उपविजेता टिम र व्यक्तिगत तर्फका वेष्ट खेलाडीहरुले पुरष्कार ग्रहण गरेका छन्।







