बेलायतमा जीआरएनबीएको मैत्रीपूर्ण ब्याटमिन्टन खेल

SHARE:

लन्डन, अल्डरसट २४ अगस्ट २०२५ । ग्रेटर रस्मूर नेपाली ब्याटमिन्टन एसोसिएसन (जीआरएनबीए)ले आफ्ना सदस्यहरुबीच मैत्रीपूर्ण ब्याटमिन्टन खेल प्रतियोगिता सम्पन्न गरेको छ ।

आइतबार २४ अगस्टमा आयोजित प्रतियोगितामा चार समूहबीच प्रतिस्पर्धा भएको हो । चार वटा समूहका नाम काठमाडौं, धरान, सगरमाथा र पोखरा राखिएको थियो भने प्रत्येक समूहमा ६ जना खेलाडीले भाग लिएका थिए ।

धरान समूहका Adnaan Osman, प्रकाश राई, देउमान लिम्बु, कृष्ण गुरुङ र Aurore Derakhshan विजयी भए भने काठमाडौं समूहका राजेन्द्र गुरुङ, राज विल्सन शाह,देवेन्द्र पुन, पासाङ शेर्पा, दिनेश राई र निर्मल श्रीस उपविजेता बने । विजय समूहलाई ट्रफी र मेडल प्रदान गरिएको थियो भने उपविजेताले मेडल प्राप्त गरे ।

प्रतियोगितालाई अध्यक्ष राजेन्द्र गुरुङ, महासचिव निर्मल श्रीस, संस्थापक अध्यक्ष मोहन गुरुङ र सदस्यद्वय अशोक बाङ्सी र राजविल्सन शाहले नगद प्रायोजन गरेका थिए ।

प्रतियोगिताको अवसरमा नयाँ सदस्यहरु उमेश राई,पासाङ सेर्पा,प्रकाश राई र देबेन्द्र पुन चयन भए । राजेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न प्रतियोगिता संयोजक महासचिव निर्मल श्रीसले खेल संचालन गरेका थिए । महासचिव निर्मल श्रीसले संयोजन गरेको खेलमा उनैले आगन्तुक सम्पूर्ण खेलाडीहरुलाई स्वागत गर्दै हेल्थ एन्ड सेफ्टीको जानकारी गराएका थिए ।

अध्यक्ष गुरुङले आगन्तुक सम्पूर्ण खेलाडी, दर्शक, कार्यसमितिलाई उपस्थिति, सहयोगका लागि घन्यवात दिँदै प्रतियोगिता समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!