लन्डन १३ नोभेम्बर २०२५ । बौद्ध अर्घौ सदन पोखरालाई तमु धीं यूकेले २१ लाख रुपैयाँ सहयोग गरेको छ ।
ञ्युङ्ने पूजामा चोखो जल चढाउने चाँदीको तिङ् तीन सेटका लागि पूर्वघोषित रकम बुधबार १२ नोभेम्बरमा तमु धीं यूकेका प्रतिनिधि सल्लाहकार ले.मुक्तिजङ गुरुङ र मेजर लक्ष्मीप्रसाद गुरुङले गुम्बाका प्रमुख गुरु शिर लामा गुरुङ र अध्यक्ष रुद्रबहादुर घलेलाई २१ लाख नगद हस्तान्तरण गरेका हुन् । उक्त सहयोग गत फेब्रुअरीमा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोली नेपाल भ्रमणका क्रममा घोषणा गरेको थियो ।
गुरु शिर लामाले सहयोगका लागि तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङलगायत सम्पूर्ण तमु धीं यूके परिवारलाई साधुवादसहित दान पुण्यको पुण्यानुमोदन गरेको जानकारी गराए ।


