केम्पटन पार्कमा ‘नेपाली मेला २०२६’ सम्बन्धी छलफल

SHARE:

३० अगस्ट २०२६, केम्पटन पार्क — आउँदो नेपाली मेला २०२६ को सफल आयोजना तथा तयारीलाई अझ प्रभावकारी बनाउन केम्पटन पार्कका आधिकारिक प्रतिनिधिहरू र तमु धिं यूकेको पदाधिकारीहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

बैठकमा तमु धी अध्यक्ष जुमकाजी गुरुङ, उपाध्यक्ष कमल गुरुङ, महासचिव बिशाल गुरुङ, कोषाध्यक्ष अरुण गुरुङ, तथा सल्लाहकार दिलरास गुरुङ सहभागी रहेका थिए। नेपाली समुदायको सबैभन्दा ठूलो सांस्कृतिक महोत्सवमध्ये एक मानिने ‘नेपाली मेला’ लाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन आवश्यक समन्वय, व्यवस्थापन तथा प्राविधिक पक्षबारे विस्तृत कुराकानी गरिएको बैठकमा सहभागीहरूले जनाएका छन्।

प्रतिनिधिहरूले मेलाका कार्यक्रम, सम्भावित चुनौती, सुरक्षा व्यवस्थापन, टिकट प्रणाली, स्टलहरूको व्यवस्थापन तथा समुदाय-मैत्री वातावरण निर्माणजस्ता विषयमा आफ्ना सुझाव तथा योजना प्रस्तुत गरे।

छलफल सकारात्मक र फलदायी भएको आयोजक समितिले जनाएको छ। उनीहरूको भनाइ अनुसार, आगामी दिनहरूमा थप तयारी बैठकहरू गर्दै मेला तयारीलाई अन्तिम रूप दिने योजना रहेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!