अमर मावि चिमखोलामा ४ स्मृति कोषद्वारा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

SHARE:

बादल शाही – चिमखोला

म्याग्दी, रघुगंगा–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा चारवटा विभिन्न स्मृति तथा अक्षय कोषको संयोजनमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा संगीता राम्जाली स्मृति कोष, नरबहादुर–गजमति स्मृति कोष, केशबहादुर गर्बुजा पुन स्मृति छात्रवृत्ति कोष तथा शेर जनिमा स्मृति अक्षय कोषबाट विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री, सम्मानपत्र र प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप छात्रवृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ।
विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय अगुवाको सहभागितामा सम्पन्न कार्यक्रममा विद्यालयको समग्र शैक्षिक विकासमा समुदायबाट प्राप्त हुँदै आएको सहयोगप्रति कृतज्ञता व्यक्त गरिएको थियो।

वक्ताहरूले विदेश तथा देशभित्र रहेका स्थानीय समुदायले स्थापना गरेका यस्ता कोषहरूले ग्रामीण भेगको शिक्षामा ठूलो प्रेरणादायी योगदान गरिरहेको उल्लेख गरे।
छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले सम्मानले आगामी अध्ययनमा अझ ऊर्जा र आत्मविश्वास थपिएको बताएका छन् |

थप तस्वीर र भिडियो रिपोर्टहरु सार्बजनिक हुन्दैछन

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!