दक्षिणपूर्व क्षेत्रीय तमुधी लन्डनद्वारा तमु ल्होछार शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने

SHARE:

लन्डन एस के — दक्षिणपूर्व क्षेत्रीय तमुधी लन्डनले आगामी २८ डिसेम्बर २०२५ आइतबार तमु ल्होछर को अवसरमा विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ। संस्थाले सार्वजनिक गरेको निमन्त्रणा अनुसार कार्यक्रम लन्डनको Asian Community Centre, White Hart Lane, SE18 1DG मा बेलुकी ४:०० बजेदेखि राति ११:०० बजेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा तमु समुदायको पहिचान, संस्कृति तथा परम्परालाई उजागर गर्ने विविध प्रस्तुति र नेपाल बाट आउने कलाकार हरुको पनि प्रस्तुति रहनेछ साथै, नयाँ वर्ष त-ल्हो (Tamu Lhochhar) का अवसरमा समुदायबीच शुभकामना आदान–प्रदान, भेला तथा सांस्कृतिक घाँटु प्रस्तुत गरिने संस्थाले जनाएको छ।

दक्षिणपूर्व क्षेत्रीय तमुधी लन्डन, सन् २००२ मा स्थापित, बेलायतमा बसोबास गर्ने तमु गुरुङ समुदायबीच एकता, सहयोग र सांस्कृतिक संरक्षणका लागि सक्रिय रहँदै आएको संस्था हो। Registered Charity No. 1156809 अन्तर्गत दर्ता गरिएको यस संस्थाले Happy New Year 2026 को सेरोफेरोमा आयोजना गर्न लागेको यो कार्यक्रम समुदायमै केन्द्रित एउटा महत्वपूर्ण वार्षिक उत्सवसमेत मानिन्छ।

कार्यक्रममा सबैलाई हार्दिक निमन्त्रणा गरिएको आयोजक संस्थाले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!