सीएनसीबीजीका प्रतिनिधिमण्डलले आज नेपाली दूतावास लन्डनका कार्यवाहक राजदूत दुवाडीलाई भेट्दै

SHARE:


लन्डन २१ नोभेम्बर २०२५ । गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)का प्रतिनिधिमण्डलले आज शुक्रबार नेपाली दूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडीलाई भेट्दैछ ।

नेपालमा फागुन २१ मा हुन गइरहेको चुनाव र विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मतदान गर्ने अधिकार प्रत्यायोजन गर्ने विधेयक राष्ट्रिय सभामा दर्ता गरी सुरु गरेको छलफल तथा अन्य नेपालको समसामयिक परिस्थितिउपर छलफलका लागि कार्यवाहक राजदूत दुवाडीसँग भेट गर्न लागेको सीएनसीबीजीका महासचिव भक्त रानाले जानकारी दिए ।

‘सीएनसीबीजीको प्रतिनिधि मण्डलले यही आउने शुक्रबार बेलायतका लागि कार्यवाहक राजदूत बिपिन दुवाडीसँग भेट गर्ने मौका पाएको छ । भेटको मुख्य उद्देश्य गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपश्चात् प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ मा हुन गइरहेको चुनाव र विदेशमा रहेका नेपाली नागरिकहरूका लागि मतदान गर्ने अधिकार प्रत्यायोजन गर्ने विधेयक राष्ट्रिय सभामा दर्ता गरी सुरु गरेको छलफल तथा अन्य नेपालको समसामयिक परिस्थिति उपर छलफल गरिने छ,’ आन्तरिक सूचनामा उल्लेख छ।

भेटघाटको समय केन्सिङ्टन प्यालेस गार्डेन लन्डनमा दिउँसो २ बजेदेखि ४ बजेसम्म तय गरिएको छ । भेटवार्तामा अध्यक्ष थर्क राना, उपाध्यक्ष दलबहादुर बुढाथोकी, अभिन्ताहरु मोहनबहादुर गुरुङ, कृष्ण थुलुङ राई, सल्लाहकार मेरि चित्रबहादुर रानालगायत दूतावास जानेछन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!