नेपालमा अपांगता भएकाकाको सहयोगार्थ गुल्मी जिल्ला समाज यूकेको च्यारिटी कार्यक्रम सम्पन्न

SHARE:


लन्डन १ डिसेम्बर २०२५ । नेपालमा अपांगता भएकाकाको सहयोगार्थ गुल्मी जिल्ला समाज यूकेले लन्डनमा च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व अपांगता दिवसको अवसरमा आइतबार लन्डन वेलिङको सेन्ट माइकल कम्युनिटी हलमा च्यारिटी सम्पन्न भएको हो । च्यारिटी कार्यक्रमबाट संकलित रकम नेपालमा अपांगता भएका मानिसहरुको सहयोगमा हस्तान्तरण गरिने समाजका अध्यक्ष रुद्र थापा मगरले जानकारी दिए । कार्यक्रमबाट संकलित कोषको विवरण चाँडै सार्वजनिक गरिने समाजले जनाएको छ ।

अध्यक्ष रुद्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले गुल्मी जिल्ला समाज यूकेले अपांगता दिवसको अवसरमा बर्सेनि गर्दै आएको च्यारिटी कार्यक्रमबाट आफू प्रभावित भएको बताए ।

बेलायतको अग्रणी नेपाली संस्थाका रुपमा समाजले गुल्मी जिल्लामा गर्दै आएका परोपकारी कार्यहरुलाई निरन्तरता दिँदै भविष्यमा अन्य जिल्लाहरुमा समेत बिस्तार गर्न सकोस् भन्ने शुभेच्छा कार्यवाहक राजदूत दुवाडीले प्रकट गरे।

अध्यक्ष रुद्र थापाले अपांगता दिवस च्यारिटीमा संकलित रकमबाट भविष्यमा अक्षय कोष नै स्थापना गरी समाजका परोपकारी कार्यहरु व्यवस्थित तवरले सञ्चालन गर्ने योजना रहेको सुनाए । उनले कार्यक्रम सफल पार्न भूमिका निर्वाह गर्ने सबै अतिथि, सहयोगदाता, स्वयमसेवक तथा समाजको टीमलाई धन्यवाद दिए ।

संस्थापक अध्यक्ष ओमप्रसाद थापा काउछाले समाज स्थापना र अपांगता दिवस च्यारिटी सुरुआतको सन्दर्भ र पृष्ठभूमिबारे जानकारी गराए ।

कार्यक्रमकी संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारीले स्वागत मन्तव्य राख्दै कार्यक्रमको रुपरेखाबारे बताएकी थिइन् । उक्त अवसरमा समाजलाई विभिन्न माध्यमबाट सहयोग गर्ने संस्थापक अध्यक्ष ओमप्रसाद थापा, सल्लाहकारहरु मोती भण्डारी, चक्रबहादुर राना, मीन दर्लामी, गोविन्द खरेल, समाजसेवी व्यवसायी संगीता मगर, पत्रकारद्धय शिव भण्डारी र ध्रुवराज अर्याललगायतलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि कार्यवाहक राजदूत विपिन दुवाडी, अध्यक्ष रुद्र थापा, संस्थापक अध्यक्ष ओमप्रसाद थापा र पूर्व अध्यक्षहरु अर्जुन गौतम, राम गलामी र टोप पल्लीलगायतले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी गरेका थिए भने पण्डित निलहरि घिमिरेले स्वस्तिवाचन गरेका थिए ।

महासचिव महलाल घिमिरेले सञ्चालन गरेको कार्यक्रमको सहसंयोजन सचिव राधा खरेलले गरेकी थिइन् ।

कार्यक्रमको दोस्रो सत्रमा नेपालबाट आएका लोकदोहोरी गायक अर्जुन कुंवरले सांगीतिक प्रस्तुति गरी मनोरञ्जन दिलाएका थिए । दीपक मैथानेले सञ्चालन गरेको सो सत्रमा डिजे हेम विष्टले समेत नचाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!