रुक आलेलगायतको निर्माण रहेको चलचित्र ‘टुहुरी’ युकेमा प्रदर्शन हुँदै

SHARE:

लन्डन ४ डिसेम्बर २०२५ । रुक आलेको निर्माण रहेको चलचित्र ‘टुहुरी’ युकेमा प्रदर्शन हुँदैछ ।

यही डिसेम्बर ७ तारिखका दिन अल्डरसटमा टुहुरी चलचित्र प्रदर्शन गरिन लागेको हो । चलचित्र प्रदर्शन दिउँसो साढे १ बजेदेखि सुरु हुने छ । जनक गुरुङले निर्देशन गरेको चलचित्र टुहरीको कथा मन्जु गुरुङ (सुस्मी) ले लेखेका हुन् भने रविन गुरुङले सह निर्देशकको भूमिका निभाएका छन् ।

चलचित्र निर्माताहरुमा रुक आले (युके), नेत्र तिमल्सिना, देव गुरुङ (हङकङ), खडक गुरुङ (ठूलोघर ठागु), चिजकुमार गुरुङ (तनहुँ), मिनबहादुर गुरुङ र प्रतिमा गुरुङ (काठमाडौं) रहेका छन् ।

चलचित्रमा रिना गुरुङ, आनन्द गुरुङ, मनोज गुरुङ, मौसम गुरुङ, इशा गुरुङ, रविन गुरुङ, कुमार समरी घले, धनकुमारी गुरुङ (काशी), राजु किराँत, कमला राई, आशबहादुर गुरुङ, सुवास गुरुङ, सविन गुरुङ, रश्मी गुरुङ र प्रतिमा गुरुङले अभिनय गरेका छन् ।

यो चलचित्र नवज्योति भिजन नेपालको चौथो प्रस्तुति हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!