नेपाली दूतावास लन्डनले १७ जनवरीमा अल्डरसटमा घुम्ती शिविर सञ्चालन गर्ने

SHARE:

लन्डन २० डिसेम्बर २०२५ । नेपाली दूतावास लन्डनले आगामी १७ जनवरी २०२५ मा अल्डरसटमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।

नेपाली समुदायको बाक्लो बसोबास रहेको अल्डरसट र फार्नबोरो लगायत क्षेत्रमा रहेका विशेषत: ज्येष्ठ र अशक्त नागरिकहरुलाई लक्षित गरी राहदानी तथा कन्सुलर सेवासम्बन्धी शिविर सञ्चालन गर्न लागिएको दूतावासले जानकारी दिएको छ । दूतावासका अनुसार शिविर क्विन्स रोड अल्डरसटस्थित शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरमा १७ जनवरी शनिबार बिहान १० देखि दिउँसो ५ बजेसम्म हुनेछ ।

शिविरमा राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणिकरण, एकतर्फी यात्रा अनुमतिपत्र, पर्यटक भिसा, गैरआवासीय नेपाली परिचयपत्रलगायत सेवा प्रदान पाइनेछन् ।

दूतावासले घुम्ती शिविरमार्फत राहदानी तथा कन्सुलर सेवा लिन सबैमा अनुरोध गरेको छ । घुम्ती सेवा सम्बन्धमा थप जानकारी आवश्यक परेमा जीवनारायण बेल्वासे, ओम थापा, लिला सेलिङ्ग माबो, सुनिल राना, विष्णु श्रेष्ठ, सुशीला थापामगर, ग्यारी घले, हरि भट्टराई र निरज शर्मालाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

विस्तृत जानकारीका लागि तलको लिंक खोल्न सकिनेछ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!