बेलायतमा सडक दुर्घटनामा निधन भएका युबिन तामाङको अन्त्येष्टि सम्पन्न

SHARE:

लन्डन २१ डिसेम्बर २०२५ । एक ब्रिटिश र्यापरले  चलाएको गाडीले ठक्कर दिंदा निधन भएका  युबिन तामाङलाई अन्तिम बिदाइ गरिएको छ।

युबिनको जीवनको सम्मान र सम्झनाका लागि शुक्रबार लन्डनको इस्ट एन्ड रोडस्थित सेन्ट मेरीलेबोन क्रेमेटोरियममा अन्त्येष्टि कार्यक्रम आयोजना गरिएको थियो।

बौद्ध कम्युनिटी सेन्टर यूके, लन्डन शाखाका लामा गुरु कर्मा वाङ्गेलले दिवंगत युबिनको आत्माको चिरशान्तिको कामना गर्दै प्रार्थना गरे ।

एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले उच्च शिक्षाका लागि बेलायत आएका  युवा विद्यार्थी युबिनको दुःखद निधन उनको परिवारका लागि मात्र नभई सम्पूर्ण नेपाली समुदायका लागि अपूरणीय क्षति भएको बताए । उनले ‘हिट एन्ड रन’ घटनामा दोष स्वीकार गरिसकेका बेलायती र्‍यापर घेट्सविरुद्ध कडा कारबाहीको माग पनि गरे ।

युबिनप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरूमा युनिभर्सिटी अफ रोह्याम्पटन अन्तर्गत साउथल्यान्ड्स कलेजका प्रमुख लुइस रेडफर्न, तामाङ घेदुङ यूकेका अध्यक्ष हरि सिंह वाइबा, तामाङ सोसाइटी अफ यूकेका महासचिव सोमरस तामाङ, गोर्खा नेपाली वेलफेयर सोसाइटीका अध्यक्ष गञ्जा आले, धरान समाज यूकेका जीवन राना तथा मगर एसोसिएसन यूकेका कोषाध्यक्ष मोहन थापा रहेका थिए। परिवारको तर्फबाट मेजर अवतार श्रेष्ठले श्रद्धाञ्जली मन्तव्य वाचन गरे । तामाङ घेदुङ यूकेका महासचिव बिशाल स्याङ्ग्बोले संचालन गरेको श्रद्धान्जलि सभामा सोलिसिटर अप्सना राई लगायत समाजसेवीहरुको उपस्थिति थियो।

र्‍यापर घेट्सले स्वीकारे दोष

बेलायती र्‍यापर घेट्सले उत्तर–पूर्वी लन्डनमा भएको हिट एन्ड रन दुर्घटनामा युबिनको मृत्युका लागि आफु दोषी भएको स्वीकारेका छन्।

घेट्स, जसको वास्तविक जस्टिन क्लार्क–सामुएल हो, ले १८ अक्टोबर २०२५ मा उत्तरपूर्वी लन्डनको इलफोर्ड क्षेत्रमा आफ्नो गाडीले २० वर्षीय युबिन तामाङलाई ठक्कर दिएपछि नरोकी भागेका थिए।

प्रहरीका अनुसार उनी ३० माइल प्रतिघण्टा गति सीमाभन्दा बढी, ६० माइल प्रतिघण्टाभन्दा बढी गतिमा गाडी चलाइरहेका थिए, र बाटो काटिरहेका युबिनलाई ठक्कर दिएका थिए।

पूर्वी लन्डनको वुडफोर्ड निवासी ४१ वर्षीय क्लार्क–सामुएलले खतरनाक रूपमा सवारी चलाएर युबिनको मृत्यु गराएको अभियोग स्वीकार गरेका छन्। त्यही दिन खतरनाक ड्राइभिङसम्बन्धी अर्को अभियोग पनि उनले स्वीकार गरेका छन्। यसका साथै उनीमाथि कानुनी सीमाभन्दा बढी रक्सी सेवन गरेर सवारी चलाएको र खतरनाक ड्राइभिङसम्बन्धी थप दुई अभियोग पनि लगाइएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!